डा. उपाध्याय ‘आई.ए.आई.ए. एचिभमेन्ट इण्डिया अवार्ड’द्वारा सम्मानित

-तुलसी गिरी ‘भावुक’


गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले IAIA International Achievement India Award 2021 प्राप्त गरेका छन् l नैतिक मूल्य, मान्यता र समाज विकाशका लागि जागरुकता फैलाउन आफ्नो क्षेत्रबाट उनले देखाएको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप डा. उपाध्यायलाई यो अवार्ड प्रदान गरिएको थाहा भएको छ l    

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।