प्रतिलिपि अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय तालिममा रजिष्ट्रार, १९ देशका उच्च अधिकारीहरुको सहभागिता

   – तुलसी गिरी ‘भावुक’

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्य वेलायतमा प्रतिलिपि अधिकार सम्बन्धी उच्चस्तरको २ हप्ते तालिममा सहभागी भई हालै स्वदेश फर्किएका छन् l प्राप्त जानकारी अनुसार तालिममा एशियाका  विकाशोन्मुख देश नेपाल, भूटान, किर्गिजस्थान, उज्ज्वेकस्थान, इण्डोनेशिया र मङ्गोलिया सहित मेक्सिको, पाराग्वे, लाओस, केन्या, नाईजेरिया, मौरिसस, मलावी लगायत कूल १९ देशका २० उच्चस्तरका सरकारी कर्मचारीहरु सहभागी थिए l वेलायतको कपिराइट अफिसले          WIPO को सहकार्यमा हरेकबर्ष यस प्रकारको तालिम संचालन गर्दै आएको छ l जसका लागि WIPO { विश्व वैद्धिक सम्पति सङ्गठन } द्वारा संचालित प्रतिलिपि अधिकार सम्बन्धी विशेष अनलाईन कोर्स उत्तीर्ण गर्नुपर्ने हुन्छ l उत्तीर्णहरु मध्येबाट उत्कृष्ठ २० जनाले मात्र तालिममा सहभागी हुने अवसर पाउने गर्दछन् l ‘म व्यक्तिगत पहलमा छनोट भएर त्यहाँ गएको हुँ  l कपीराइट विषयको एड्भान्स तालिम भएकोले म आकर्षित भएको थिएँ l अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका प्रगति र कार्यशैलीबारे धेरै कुरा जान्ने अवसर मिल्यो’ रजिष्ट्रार आचार्यले जानकारी गराए l रजिष्ट्रार आचार्यका अनुसार तालिममा पछिल्लो समय डिजिटल मार्केटमा के कस्ता चुनौती र अवसरहरु आएका छन् ? यसलाई कसरी व्यवस्थापन गरेर अगाडि बढ्यो भने राष्ट्रले फाइदा लिन सक्छ ? र त्यहाँका CMO र सरकारबीच के कसरी समन्वय भएको छ ? जस्ता विषयमा जानकारी दिईएको थियो l ‘पब्लिक लेन्डिङ अथोरिटी’ नामक संस्थाले वेलायतका लाईब्रेरीहरुबाट पुस्तक फोटोकपी वापत मात्र बर्षेनी करोडौं डलर सङ्कलन गर्ने गरेको कुरा जानकारीमा आएको बताउँदै वेलायतमा लगभग एक दर्जन CMO हरु रहेको र तीनले बार्षिक १ अर्व पाउण्ड भन्दा बढी रोयल्टी सङ्कलन गर्ने गरेको कुरा समेत आचार्यले बताए l ‘वेलायत कपीराइटको मामलामा धेरै नै व्यवस्थित रैछ l त्यहाँ सर्जकहरुलाई सम्मानित तरिकाले जिउन सक्ने वातावरण बनेको रैछ’ रजिष्ट्रार प्रकाश आचार्यले भने l

SUBSCRIBE 👉
SUBSCRIBE 👉