डाटा नखुलेको रकम अज्ञात अवस्थामै

केहीवर्ष अघिसम्म धेरैलाई ‘आकाशको फल’ लाग्ने सङ्गीत रोयल्टी अन्ततः सङ्कलन र वितरण सुरु भएको छ । यस क्षेत्रका स्रष्टा, कलाकार र व्यवसायीहरुको हितको नाममा च्द्यत् को पुच्छर समातेर यथास्थितिलाई निरन्तरता दिनेहरुको झुण्डका केही सदस्यहरु रोयल्टी सङ्कलन–वितरण हुन थालेपछि हिजोआज बजारमा विलाप गर्दै हिँडेका छन् । आर.बि.टि.मा सती जानेहरुको हठले गर्दा अन्य क्षेत्रबाट उठ्न सक्ने करोडौं रोयल्टीबाट यस क्षेत्रका हकदारहरु वर्षौंदेखि बञ्चित भइरहेका थिए । जुन विडम्बनाको तगारो यतिबेला लगभग भत्किएको छ । जति बुझाए पनि नबुझ्ने, बुझ्न नै नचाहने, परिस्थिति अनुसार फरक फरक अभिव्यक्ति दिने र विकल्परहित विरोध मात्र गर्नेहरुको पल्ला झुकेको छ ।

प्रतिलिपि अधिकार ऐन अनुसार गठित रोयल्टी सङ्कलन संस्थाहरुले आफ्ना सदस्यहरुको मात्र रोयल्टी उठाउने र वितरण गर्ने अधिकार राख्दछन् । तर हालको अवस्थामा त्यस्तो भइरहेको छैन । रोयल्टी सङ्कलन भन्दा वितरण प्रणाली झन् जटिल भएको कुरा हालैका अनुभवहरुले प्रष्ट पारिसकेका छन् । हजारौं स्रष्टा, कलाकार र उत्पादकहरुको रोयल्टी सङ्कलन हुने यस्ता संस्थामा २–४ रुपैया वा २–४ सय रुपैया मात्र रोयल्टी प्राप्त गर्नेहरु धेरै हुन्छन् । जसबारे उनीहरु अनभिज्ञ हुन्छन् या उनीहरुले त्यो रोयल्टीको विषयमा खासै चासो राखेका हुँदैनन् । तर यस्ता साना साना रकमको कुल रकम पनि लाखौँ या करोडौंमा हुन सक्दछ । रोयल्टी सङ्कलन–वितरणको प्रव्रिmया भरखरै सुरु भएकोले अहिले नै त्यति धेरै रकम बेवारिसे अवस्थामा छ भनिहाल्न नसकिए पनि सम्बन्धित संस्थाहरुबाट त्यस्ता रकमबारे कुनै जानकरी या सूचना सार्वजनिक गरिएको छैन ।

डिजिटल व्यवसायका धेरै पाटा छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा दर्जनौ मोबाइल कम्पनी मार्फत् भइरहेको च्द्यत् व्यवसायबाट प्राप्त रकम मध्ये माथि भनिएझैं २–४ रुपैया, २–४ सय रुपैया या २–४ हजार रुपैया व्यापार आयको कति रकम एग्रिगेटरकहाँ बेवारिसे अवस्थामा होला ? यो अनुमान बाहिर छ ।

कति व्यक्ति त एग्रिगेटरकहाँ गीत दर्ता गरिसकेपछि राम्रै रकम आउने भएपनि फर्किएर गएका हुँदैनन् । जसको ‘कन्टेन्ट’ थोरै छ, जसले निरन्तरता दिएको छैन या धेरै चलेको छैन तिनीहरु पनि फर्किएर जाँदैनन् । यस्ता रकमबारे आजसम्म न त कसैले चासो राखेको छ न सम्बन्धित संस्थाले नै यस बारेमा सार्वजनिक गर्ने गरेका छन् । यस्ता रकम यसरी नै अज्ञात बन्दै जानु पक्कै पनि सुखद् विषय होइन । यस्ता बेवारिसे या स्थीर रकमबाट वितरण सुविधायुक्त सफ्टवेयर सहितको बृहत्तर म्युजिक बैंक या यस क्षेत्रका समस्त स्रष्टा, कलाकारहरुका लागि कल्याणकारी कोशको स्थापना भएदेखि सो रकमकोे सही सदुपयोग हुन्थ्यो कि ?