बिबश नेम्बाङ र दुर्गा तुम्साको स्वर रहेको पालाम `तुम्याहाङ´ सार्वजनिक

लिम्बू समुदायमा पालाम र धान नाचको आफ्नै महत्व र पहिचान छ | हरेक शब्दहरुमा प्रेम, जीवन, प्रकृति र भावनाहरूको मिठास भेटिन्छ र यसको धुनमा लिम्बू पुर्खाहरूको विरासत र लिम्बू मौलिकता झल्किन्छ। पालाम केवल गीत मात्र होइन, यो संस्कृति र बोल्ने एउटा सुन्दर माध्यम हो, लिम्बु भाषा र सांस्कृतिकको जगेर्ना गर्नु पनि हो ।

सेवालुङ च्यानलले यस्तै लिम्बू पालाम,हाक्पारे,ख्यालीहरु निरन्तर सार्वजनिक गर्दै आइरहेको छ | सेवालुङ च्यानलको उद्देश्य लिम्बू भाषा सस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु पनि हो | यहि उद्देश्यको साथ यो च्यानलले हालै बिबश नेम्बाङ लिम्बू र दुर्गा तुम्सा लिम्बूको स्वर रहेको पालाम `तुम्याहाङ´सार्वजनिक गरेको छ ।

पालामको शब्द संकलन लक्ष्मी नाम्लाक्पा लिम्बू र लय संकलन दुर्गा तुम्सा लिम्बूले गरेका हुन् |संगीत संयोजन मनोज साङसोन राई, छायांकन अरुण बरुन न्यौपाने, सम्पादन निर्मल सुब्बाको रहेको यो पालामको निर्देशन बिबश नेम्बाङ लिम्बु गरेको हुन् |

काठमाडौंको हातीबनमा छायांकन गरिएको यो पालामको भिडिओमा अभिनय गर्ने कलाकारहरुको अभिनय र गायक गायिकाको स्वर अब्बल छ | पालामको लय अत्यन्तै मिठो छ | भिडि राम्रो निर्माण भएकोछ | सेवालुङ युट्युब च्यानलबाट सार्वजनिक भएको पालाम `तुम्याहाङ´ लोकप्रिय हुँदैछ |