गीतकार सङ्घको पूर्व घोषित कार्यक्रम स्थगित, राहत कोषलाई रु. १ लाख १५ हजार सहयोग

गीतकार सङ्घ नेपालको आयोजनामा यही भदौ २५ गते हुन गईरहेको ‘वार्षिकोत्सव तथा साङ्गीतिक कार्यक्रम’ स्थगित भएको छ । आज सङ्घले एक विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएको हो । सङ्घले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. १ लाख १५ हजार रुपैयाँ राहत रकम सहयोग गरेको कुरा पनि सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो अचानक त्रिशुली नदीमा आएको बाढीको कारण भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिले गर्दा सिङ्गो मुलुक शोकमा डुबेको र यस विषम परिस्थितिमा उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रीत हुनुपर्ने मानवीय एवं सामाजिक उत्तरदायित्वका कारण  हाललाई कार्यक्रम स्थगित गरिएको सङ्घले जनाएको छ ।