तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रुपमा सम्पन्न

-तुलसी गिरी ‘भावुक’

ओप्सना फिल्म्सको आयोजनामा आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व एवं विशिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा चाबहिलस्थित चलचित्र विकाश बोर्डको सभा हलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि आयोजना हुँदै आईरहेको ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ मा गीत-सङ्गीत एवं चलचित्र क्षेत्रका प्रतिस्पर्धात्मक १८ र पब्लिक च्वाइस ६ गरी कूल २४ विधाका सर्जक/कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।

समारोहमा विशिष्ट गायक दीपक खरेल  र  वरिष्ठ गीतकार वुद्धवीर लामा ‘जीवन साधना सम्मान’ बाट एवं वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डे ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित भएका थिए भने गीत-सङ्गीत एवं चलचित्र क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने अन्य १२ जना सर्जक एवं कलाकारहरुलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो । समारोहमा अवार्ड जुरी सदस्यका रुपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार/सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक/कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेको कुरा जानकारी गराईएको थियो । कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिईन् भने अतिथिहरुको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा लामाले बताएकी गरेकी थिईन् । समारोहमा जुरी सदस्यहरुका साथै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक/कलाकार हस्त लिबाङ, गीतकार डी. आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर, सञ्चारकर्मीहरु माधवराज खरेल, तुलसी गिरी ‘भावुक’ आदि अतिथिका रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रमलाई फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मा.वि., एसवाई कन्सल्टेन्ट्स लगायतले प्रायोजन गरेका थिए ।


सम्मानित व्यक्ति र विधा:
१) सङ्गीत जीवन साधना सम्मान : दीपक खरेल
२) सङ्गीत जीवन साधना सम्मान : वुद्धवीर लामा
३) विशिष्ट गायन रत्न सम्मान : आनन्द कार्की
४) विशिष्ट गायन रत्न सम्मान : प्रदीपराज पाण्डे
५) विशिष्ट चलचित्रकर्मी सम्मान : निखिल उप्रेती
६) विशिष्ट चलचित्रकर्मी सम्मान : सन्चिता लुइँटेल
७) विशिष्ट चलचित्रकर्मी सम्मान : पूजना प्रधान गुरुङ
८) गायक तथा संगीतकार सम्मान : अशोक मुकारुङ
९) चलचित्रकर्मी सम्मान : किशोर झा
१०) गायक सम्मान : पुष्कर सुनुवार
११) गायक तथा संगीतकार सम्मान : चित्र आठपहरिया
१२) ट्याटु कलाकार सम्मान : सुनिता कुँवर
१३) सम्मान : प्रशान्त पाराङदेन लिम्बू
१४) सम्मान : कविता राई
१५) निर्माता सम्मान : श्रीकृष्ण बिष्ट
१६)  गायक सम्मान : निमा शेर्पा


अवार्ड पाउनेहरुको नाम र विधा:
१) सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत – यो देशले तिम्रो
२) सर्वोत्कृष्ट भजन गायक – मोतिराज खनाल
३) सर्वोत्कृष्ट गीतकार – चन्द्र जयपाल राई
४) सर्वोत्कृष्ट पप गायिका – तपस्या राई
५) सर्वोत्कृष्ट पुरुष मोडेल – गन्दीप सुवेदी
६) सर्वोत्कृष्ट लोक गायक – सोम गुरुङ
७) सर्वोत्कृष्ट सङ्गीतकार – सुरेश राई
८) सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक – किशोर सुब्बा
९) सर्वोत्कृष्ट आधुनिक गायक – मेघराज रणोहाँछा
१०) सर्वोत्कृष्ट लोक आधुनिक गायिका – सुनिता राई
११) सर्वोत्कृष्ट युगल गायिका – मेनुका राई
१२) सर्वोत्कृष्ट आधुनिक गीतकार – कुमार केरुङ
१३) सर्वोत्कृष्ट लिम्बू पालाम गायक – भीमकुमार तुम्बापो
१४) सर्वोत्कृष्ट भिडिओ सम्पादक – मोहन सुनुवार
१५) सर्वोत्कृष्ट लोक पूर्वेली गायिका – सुमी चाम्लिङ राई
१६) तीज गीत – स्वेता कार्की
१७) लोक युगल निर्देशक – शिवजी क्षेत्री
१८ ) वर्षका उत्कृष्ट चलचित्र निर्देशक – हस्त लिबाङ

जनमत (पब्लिक च्वाइस) अवार्ड पाउनेहरुको नाम र विधा :
१) सर्वोत्कृष्ट युगल गायक : बबिना किराँती र सुमन राई
२) सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत : टेकबहादुर
३) सर्वोत्कृष्ट पप गायक : सरगम राई
४) सर्वोत्कृष्ट लोक गायक : रामचन्द्र चन्द
५) सर्वोत्कृष्ट भिडिओ निर्देशक : कुबेर तामाङ
६) सर्वोत्कृष्ट गीतकार : मीरा देवी राई