–डा. डीआर उपाध्याय
यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेर गएको छ । राजनीतिक अस्थिरताको फाइदा मुलुकका केहि ठूला व्यापारीले उठाइरहेका छन् । जनताका दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित रूपमा मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको छ । उपभोक्ताको चुलोमा दैनिक प्रयोग हुने चामल, तेल, दाल, पिठो, अन्डा लगायत निर्माण सामग्रीका वस्तुमा मूल्यदर एकाएक आकासिएको छ । ठूला व्यापारीले सामान लुकाएर हो या बजारमा अभाव भएर हो त्यो कुरा अझै आम उपभोक्ताले बुझ्न सकेका छैनन् । जसले गर्दा दुर्गम क्षेत्रका उपभोक्ताहरु बढी मूल्य तिरेर पनि सामान पाउन सकिरहेका छैनन् ।
सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघ
सस्थाहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा
मूल्यवृद्धि
हुन गइरहेको देखिन्छ । व्यापारीको मनलागी र
सरोकारवाला
निकाय मुकदर्शक हुनुको परिणाम
यसको मूल कारण हो । देशमा जब राजनीतिक अस्थिरता बढ्दै जान्छ
तब
बजार भाउ ह्वात्तै बढेको देखिन्छ । त्यसको
मारमा भने आमउपभोक्ता पर्दछन् । यो महँगी बढ्नु भनेको देशको अस्थिर
राजनीतिक अवस्था हो ।
बजारमा व्यवसायीले आफू खुसी मूल्य तोकेका
छन् । यस्तो बेथिति बढ्दा पनि सरकारी निकाय र अन्य उपभोक्तावादी संघ संस्थाको
भूमिका खासै प्रभावकारी देखिएन । महँगी बढ्नुको कारण आम
उपभोक्ताले
जानकारी पाउनुपर्छ । तर, उपभोक्तालाई
थाहा नदिइ
हरेक वस्तुमा मूल्यवृद्धिको साथै बजारमा सामानको
कृत्रिम अभाव सिर्जना गरिएको छ । बजारमा हरेक वस्तुको मूल्य
अत्यधिक रूपमै बढ्नुको खास कारण भने खुलेको छैन । बजार
स्वतन्त्र र प्रतिस्पर्धात्मक नहुनुको कारणले पनि मनपरी
भाऊ बढेको हुनसक्छ । व्यापारीले तोकेको मुल्य तिर्न आम उपभोक्ता बाध्य छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग यति
बेला मौन छ । उपभोक्ता अधिकारवादी पनि मूल्यवृद्धिविरुद्ध बोलेका छैनन् ।अहिलेको
बजार
मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिएका छन् भने
अर्कोतिर गुणस्तरहीन सामान खरिद गर्न पनि बाध्य छन्
। अहिले
बजार अनियन्त्रित र असामान्य छ । निश्चित
दरभाउ कुनै पनि सामानको छैन । बजारमा ठगीधन्दा मौलाउँदै गएको
छ ।
अस्वाभाविक रुपमा बढ्दै गएको मुल्य अनुगमन गरी आम
उपभोक्तालाई राहत दिनु पर्छ ।
Top of Form