संजिव सिंह रानाको स्वरमा रहेको कौरा गीत ‘तितो छ कि गुलियो’को भिडिओ सार्वजनिक

लोकप्रिय गायक संजिव सिंह रानाको स्वरमा रहेको कौरा गीत ‘तितो छ कि गुलियो’को भिडिओ सार्वजनिक भएको छ। गायक संजिव सिंहकै शव्द/सङ्गीतमा रहेको यस गीतको सङ्गीत संयोजन सागर बिरहीले गरेका हुन् भने मिक्सिङ्/माष्टरिङ् राजकुमार ब^गरको रहेको छ ।

गीतका रचनाकार, सङ्गीतकार एवं गायक संजिव सिंहकै निर्देशनमा छायाङ्कन भएको यो भिडिओको कोरियोग्राफर शोभा थापा मगर हुन् । भिडिओमा चाहना राना मगर, संजिव सिंह राना, शोभा मगर, सन्तोष थापा मगर लगायतका कलाकारहरुको आकर्षक नृत्य/अभिनय रहेको छ । वीरेन्द्र भाट ‘विपिन’ को सिनेमाटोग्राफी रहेको यो म्युजिक भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । भिडिओ Sanjeev Singh Rana युट्युब च्यानलमा अपलोड भएको छ ।