हेमराज डाँगीको ‘तिहारै झिलिलि’

-सानु श्रेष्ठ 

हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहारको सांस्कृतिक रौनकसँगै नेपाली मौलिक भैली तथा देउसी परम्परालाई सांगीतिक माध्यमबाट नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यले तयार पारिएको गीत ‘तिहारै झिलिलि’ सार्वजनिक भएको छ ।

हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वर, शब्द अनिल खनाल र संगीत हेमराज डाँगीको रहेको सो गीतको भिडियोका निर्देशक दिनेश सिंह ठकुरी हुन् । तिहारमा घरघर पुगेर भैली खेल्ने, देउसी गाउने र सांस्कृतिक प्रस्तुतिमार्फत शुभकामना साटासाट गर्ने नेपाली परम्परालाई गीतमा समेट्ने प्रयास गरिएको छ । पछिल्लो समय आधुनिक संगीत र प्रस्तुतिको प्रभाव बढिरहेका बेला मौलिक चाडपर्व तथा संस्कृतिलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतले तिहारको परम्परागत रौनकलाई स्मरण गराउने अपेक्षा गरिएको छ ।

गीतको भिडियोमा लोकेश बि.सी., प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्प सेन्चुरी, आशिष ओली, बाद शाह, सुस्मिता खत्री, नारद बि.सी., जुनु रिमाल, नगेन्द्र चौलागाईं लगायतको नृत्य र अभिनय छ । भिडियोमा परम्परागत भैलीको वातावरण, चाडपर्वको उल्लास र नेपाली मौलिक पहिरन तथा सांस्कृतिक प्रस्तुति सहितको भिडियोका छायांकन सरोज ठकुरी, सम्पादन राजेश कुमार, सहायक निर्देशन सुवास गौतमको रहेको छ ।