प्रचण्ड-माधव भन्दा ओली चतुर र शक्तिशाली

-डा. डीआर उपाध्याय


प्रचण्ड-माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन् । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि ओली उर्जावान नै छन् । उनमा कुनै निराशाको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन् । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन् । तर प्रचण्ड माधव त्यसमा असफल छन् । नेता भनेको ओली जस्तो हुनु पर्छ । किनभने जस्तो परिस्थितीमा पनि लड्न सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै काँतर हुन् ।

मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुँदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभएसम्म प्रधानमन्त्री पदवाट राजिनामा दिनु हुँदैन । किनभने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको खेल हो । यसले मुलुकलाई ठूलो घाटा पुयाउँछ । अहिले नयाँ सरकार आबश्यक छैन । नौटंकीमा मुलुकलाई फसाउनु हुँदैन । अहिले जे भइरहेको छ त्यो सवै नौटंकी हो । जनतालाई धोका दिएर माधव, प्रचण्ड र ओली बिभाजन हुनु भनेको जनतामाथिको ठूलो घात हो । किनभने जनता फुट को पक्षमा छैनन् ।

तत्काल नेकपा मिल्नुको बिकल्प छैन । अहिले नेकपा बिभाजन हुनु भनेको जनघात हो । जनताको घात गर्नु भनेको ठूलो पाप हो । अहिले नयाँ सरकार बन्ने अवस्था बनेको छैन । यस बीचमा प्रतिपक्षी दल नेपाली काँग्रेस मौन छ । प्रतिनिधि सभाको तेस्रो दल जनता समाजवादी पार्टी पनि अन्योलमा छ । सत्तारुढ नेकपाको प्रचण्ड – माधव गुटले समस्या सृजना गरिरहेको छ । उनीहरुले आफू सकिने बाटो रोजीरहेका छन् । मुलुकको हित चाहने हो भने माधव प्रचण्ड समूहले ओली समूहसँग तत्काल एकता गर्नुपर्छ । ओली समूह भनेको नेकपाको मूलधार हो । विगतका कमी कमजोरीलाई सच्चाउँदै माधव-प्रचण्ड र ओली समूह पार्टी एकतालाई बलियो बनाउन लागिपर्नु पर्छ ।

आम चुनाव भएको पाँच वर्षसम्म प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुन् । किनभने ओलीलाई जनताले पाँच वर्षसम्म सरकार चलाउने जिम्मा दिएका छन् । यसमा तल माथि हुनु हुँदैन । राजनीतिक स्थिरताको लागि ओली सरकार नै अहिलेको आवश्यकता हो । किनभने ओलीमा अडान छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेका नेता हुन् प्रधानमन्त्री ओली । माधव प्रचण्डले भाँड्दैमा केपी ओलीको पार्टी भाँडिदैन । केपी ओली नेपालको आँट र साहस भएका नेता हुन् । उनीबाट माधव प्रचण्डले धेरै कुरा सिक्नु पर्ने देखिन्छ । विगतमा नाकाबन्दी हुँदा पनि भारतसँग झुक्दै नझुक्ने साहसी प्रधानमन्त्री हुन् ओली । ओलीलाई कसैले कमजोर नसोचे हुन्छ ।