राजनीतिमा उनै पात्र र उस्तै प्रवृत्ति

डा. डीआर उपाध्याय


यतिबेला नेपालको राजनीति गलत बाटो तर्फ उन्मुख छ । यसले राष्ट्र असफल हुने हो की भन्ने चिन्ता छ । मुलुकमा जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था देखिएको छ । प्रतिनिधिसभा बिघटन भए पछि मुलुकको अवस्था जटिल मोडमा पुगेको छ । मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । यसले राजनीतिक व्यवस्था नै असफल हुने हो की भन्ने अर्को चिन्ता बढाएको छ । राजनीतिक दल र तिनका नेताहरुले मुलुकको भाग्य र भविश्यप्रति त्यति ध्यान दिन सकेनन् । जसले गर्दा परिणाम गलत आएको छ । देशको स्रोत साधन माथि दोहन भईरहेको छ । राजनीतिक संस्कारको बिकास हुन सकेन ।

पछिल्लो राजनीतिक घटनाक्रमले देशमा हिंसा बढने खतरा बढेर गएको छ । कम्युनिस्टका आधारभूत मूल्यमान्यताको व्यवहार कार्यान्वयन हुन सकेन । आन्तरिक राजनीति किचलोले सत्तारुढ नेकपा दुई खेमामा विभाजन हुन पुग्यो । यसले नेकपालाई त क्षेती भयो भयो राष्ट्रलाई समेत दुरगामी क्षेती पुर्याएको छ । नेताहरुको भाषण केबल भाषणमै सिमित भयो । नेकपा दुई खेमामा विभाजित भएपछि एक अर्का प्रति आरोप प्रत्यारोपको बाढी चलेको छ । यिनीहरुलाई देश र जनताको कुनै चिन्ता छैन । सबैकुरा मजाकमा उडाइरहेका छन् ।

गरिब जनताका समस्या दिन प्रतिदिन बढी रहेका छन् । जनताका समस्या प्रति कुनै दल गम्भिर बन्न सकेनन् । देशमा महँगीले आकाश छोएको छ । जनतालाई बिहान बेलुकाको छाक टार्न धौ–धौ भैरहेको छ । राजनीतिक दलहरुले तिनै गरिब जनतालाई प्रयोग गरेर राजनीति गरि रहेका छन् । नेताहरुलाई भन्दा आफ्ना देशको चिन्ता यिनै गरिब जनतालाई छ । गरिब जनताले आफ्नो स्वाभिमान बेच्न सक्दैनन् । बरु मर्न तयार हुन्छन् । हरेक राजनीतिक इतिहासले यही कुरा पुष्टि गर्दै आएको छ ।

संसद विघटनले संविधानका प्रावधानका बारेका विवाद सर्वोच्च न्यायालयमा पुगेको छ । पक्कै पनि न्यायालयले यसको अन्तिम फैसला गर्ने नै छ । फैसलाले मात्र दिगो समाधान नहुने परिस्थिति देखिन्छ । संसद् पुनर्स्थापना वा चुनाव जे हुने भए पनि देश अस्थिरतामा धकेलिएको छ । बाह्य शक्तिको चलखेल नेपालमा बढी रहेको छ । हामीले जान्दा देखि नै नेपालको राजनीतिमा उनै पात्र र उस्तै प्रवृत्ति दोहोरिएर आउने अवस्थाले देशको उज्ज्वल भविष्यको परिकल्पना गर्न सकिँदैन । यदि चुनाव भएको खण्डमा चुनाव खर्चिलो र त्रासपूर्ण हुने,  विश्वसनीय नहुने देखिन्छ । नेकपा विभाजन भएपछि उसको बहुमत नआउने प्रस्ट छ ।