गीतकार वसन्तको तिज गीत ‘यसपालीको तीजमा जान्न माइत’ सार्वजनिक

सुप्रसिद्ध गीतकार वसन्त बित्यासी थापाको रचनामा रहेको तिज गीत ‘यसपालीको तीजमा जान्न माइत’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ । गीतको भिडिओ Best Tone Music युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो । खड्ग गन्धर्वको सङ्गीत तथा सङ्गीत संयोजन एवं रुबिन काउछा मगरको मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा करुणा गन्धर्वले स्वर दिएकी छिन् । भिडिओ विनोद बमको ग्राफिक्समा तयार भएको हो । लाहुरे पति यु^द्धको मैदानमा भएकोले तिजमा माइत जान मन नलागेको र पति सकुशल घर फर्कने आशमा घरमै कुरेर बस्ने मनसाय गीतमा व्यक्त गरिएको छ  ।