साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति धनुषाको ७ औं साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम यही कार्तिक ६ गते, बिहीबार सम्पन्न भएको छ । कोरोना कहरलाई मध्य नजर राखी सावधानीपूर्वक स्वास्थ्य मापदण्डलाई पूरा गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा साधाराण सभा पश्चात् विजयादशमी, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान सहित चिया पान गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश नं २ का संस्थापक कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यता, प्रदेश नं २ का अध्यक्ष ज्ञानु बस्नेतको विशिष्ट आतिथ्यता र कलाकार संयोजक कार्यसमिति महोत्तरीका उपाध्यक्ष सुदिप कार्की लगायतको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईन्द्र थापा, प्रथम उपाध्यक्ष सञ्जय यादव, महिला उपाध्यक्ष सारथि लामा, महासचिव राम कुमार श्रेष्ठ, सचिव चिरञ्जिवी गिरी, कोषाध्यक्ष निरशा दुधराज, सदस्यहरु राजकुमार थापा, नीर कुमारी विश्वकर्मा (सविना), अम्बिका मन्डल (अनमिका), छेवङ मोक्तान, प्रदिप जङ थापा, रामसरोज यादव, वासुदेव दाहाल (बासु), टिबी पार्खिन, रितेश शाह पाटाली, बिशाल योगी, ममता अधिकारी, सञ्जय शाह लगायतको उपस्थिती रहेको थियो  ।

जिल्ला कार्य समिति धनुषाका प्रमुख सल्लाहकार बिजय शाहको अगुवाही र संस्थाको अध्यक्ष भएको दायित्वको ग्रहण सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति धनुषाका अध्यक्ष गायक / सर्जक रुद्रसेन विश्वकर्माको अध्यक्षतामा भएको यस जिल्ला कार्यसमिति धनुषाको ७ औं साधारण सभा मा कार्यसमिति धनुषाका पदाधिकारी र कलाप्रेमी महानुभावहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रम मिथिला नगरपालिका १० स्थित थकाली भान्छा घरमा आयोजना गरिएको थियो । समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति धनुषाका अध्यक्ष रूद्रसेन विश्वकर्माले उपस्थित सम्पूर्णमा हृदयदेखि नै मुरी मुरी धन्यवाद ब्यक्त गरेका थिए ।