-सानु श्रेष्ठ
नारी पर्व तिजको आफ्नै महत्व छ । हिमालय पुत्री पार्वतीलाई सानै उमेरदेखि शिवलाई पति पाऊँ भन्ने दृढता थियो । सोही कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् भन्ने भनाईसंग मिल्दो जुल्दो ‘यस्तै पोई परोस्’ तीज गीत सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका सहिमा श्रेष्ठको स्वर, युवराज काफ्लेको शब्द, दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडिओमा चर्चित नायिका तेजुला खतिवडा, रुपेश उप्रेती लगायतको अभिनय रहेको छ । यसमा कोरियोग्राफर सुरेन्द्र बेसल, छायाँकार भूपेन्द्र थापा मगर, सम्पादक माधब बेल्बासे, सिनेमाटोग्राफर एवं निर्देशक प्रहिल कार्की रहेका छन् ।













