पितृसत्तात्मक समाजको कुरूप कथा : छोरा बनाईदे

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध गायिका शान्तिश्री परियारको स्वरमा रहेको तिज गीत ‘छोरा बनाईदे’ को भिडिओ सार्वजनिक भएको छ। सर्वप्रिय सर्जक वसन्त थापाको रचना/सङ्गीतमा तयार भएको यस गीतमा आकाश नेपालीको सङ्गीत संयोजन तथा मिक्सिङ/माष्टरिङ रहेको छ भने गीत एवं भिडिओका निर्माता शिवराज पौडेल हुन् । भिडिओ पशुपति म्युजिकले बजारमा ल्याएको हो ।

भिडिओको कोरियोग्राफी/निर्देशन प्रकाश भट्टले गरेका छन् भने सर्जक वसन्त स्वयंले अञ्जली अधिकारीको साथमा प्रमुख कलाकारको भूमिकामा अभिनय गरेका छन् । भिडिओमा करन चैसिरको सिनेमाटोग्राफी र प्रवीण भट्टको दृश्य तथा रङ्ग सम्पादन रहेको छ ।

भिडिओमा जति माया, सेवा र सम्मान गरेपनि पतिबाट अपहेलित, प्रताडित एक महिलाले अर्को जुनीमा ‘छोरा बनाईदे’ भनेर भगवानसँग आग्रह गरेकी छिन् ।  गीत तथा भिडिओले हाम्रो पितृसत्तात्मक समाजभित्रको कुरूप कथालाई उजागर पारेको छ । हाम्रो समाज र परिवारमा  विवाहित महिलाहरु कति पिडामा बाँचिरहेका छन् भन्ने यथार्थलाई दृश्यमा उतारेको छ ।