चलचित्र ‘लडाईं पहिचानको’को ‘दश औंला’ गीत सार्वजनिक

नेपाली फिल्म ‘लडाईं पहिचानको’ले आफ्नो नयाँ गीत ‘दश औंला’ सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ५ गतेदेखि सार्वजनिक हुने फिल्मको यो गीतमा रोदा राई र मनोज दाहालको स्वर समावेश गरिएको छ । गीतमा डिप्सन लिम्बु (डिलेन) को संगीत र राज हाङ आङ्बोको शब्द रहेको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ साजन शाहले थ्रीएस स्टुडियोमा सम्पन्न गरेका हुन् ।

गीतको भिडिओमा लिम्बू जातीय पहिरनमा फिल्मका प्रमुख पात्रहरू देखिएका छन् । विशेषगरी भिडिओमा इन्डियन आइडल तथा अभिनेता प्रसान्त तामाङ र अभिनेत्री जेनी घिसिङको प्रेमिल किस्सा तथा नृत्यलाई प्राथमिकता दिइएको छ । फिल्म ‘लडाईं पहिचानको’मा नेपाली फिल्म उद्योगका चर्चितदेखि नयाँ पुस्तासम्मका कलाकारको बलियो उपस्थिति रहेको छ ।

फिल्ममा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किश्वर सम्बाहाम्फे, रोशन शर्मा, सुभाष योञ्जन, पारसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, दिनेश कोइराला, कविता राई, त्सेरिङ लामा, नवीन म्याङ्बो, दाम्बर कुमारी लिम्बु, पाबी टेम्बे, वर्षा राजभण्डारी तामाङ, सुदीप लिम्बु,

दामोदर सापकोटा, अम्बिका ढकाल, कृष्ण नेपाल, शिव भट्टराई, एल. एन. गच्छेदार, कर्ण सम्बाहाम्फे, गङ्गा कुँवर, रमेश कटुवाल, मदन बहादुर राई, मोहन लोछन, शर्मिला तामाङ, सीता नर्गेन तामाङ, मंगलसिं तामाङ, नागेन्द्र तामाङ, वीरेन्द्र तामाङ, कला तामाङ, उर्मिला तामाङ, गीता राई, मोतीलाल थापा, सुरज कार्की, राजिब हलुवाइ, सत्रुधन अन्सारी, पुनम चौधरी र बिक्रम लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको लेखन तथा निर्देशन भीम लामाले गरेका हुन् भने निर्माणमा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ छन् । पटकथा भीम लामा, सरोज केसी र रमेश डी. कौसिकले लेखेका हुन् । छायांकन मदन काश्यप घिमिरे,  दृश्य तथा कलर सम्पादन रमेश डी. कौसिक, एक्शन निर्देशन देवकुमार महर्जन, कोरियोग्राफी मणि कुमार लिम्बु र सानु राजा थेगिमले गरेका छन् ।

लडाइँ पहिचानको फिल्मको संगीतमा बलराम सामाल, भीम बस्नेत, डिप्सन लिम्बु, शेखर थापा र सागर तामाङ रहेका छन् भने गीतमा बुद्धवीर लामा, भीम लामा, इरान राई, भीम बस्नेत, सागर तामाङ र राज हाङ लिम्बुका शब्द छन् । फिल्मको मेकअप आर्टिस्ट अशोक मण्डल, आर्ट निर्देशक सुजन महत, प्रोडक्सन म्यानेजर मोतीलाल थापा रहेका छन् । पोस्ट-प्रोडक्सन थालीवुड मोशन पिक्चर्सले गरेको छ भने पोस्टर डिजाइन आइडियल डिजाइनर्सले तयार पारेको हो । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजीटल र देशव्यापी डिस्ट्रिब्युसन कुबेर सिने डिस्ट्रीब्युसन प्रा.लि.ले गर्नेछ ।