उदियमान कलाकार मिशेल घिमिरे अभिनित म्युजिक भिडिओ ‘तिम्रो यादमा’ बजारमा आएको छ । अभिनयमा मिशेललाई कलाकार योगेश भण्डारीले साथ दिएका छन् । लोकप्रिय गायिका रुपा विष्टको शब्दरचना, सङ्गीत र स्वरमा रहेको यस गीतमा राजेन्द्र वाइबाको सङ्गीत संयोजन रहेको छ भने महेश्वरमान राजभण्डारीले गीतको मिक्सिङ गरेका हुन् ।
सुमनसागर जंग के. सी. ले निर्माण गरेको यस म्युजिक भिडिओमा सुमन बस्नेतको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । वि^योगान्त भावको यस म्युजिक भिडिओमा देहान्त भैसकेका आफ्नो प्रेमीसँगका मिठा पलहरु याद गरिएको छ, एक्लै बाँच्न कठिन भएका पिडादायी भावहरु पोखिएको छ ।













