लोकप्रिय देउडा गायिका निरुता खत्रीको देउडा गीत ‘का हालु मायाको मुद्दा’ को भिडिओ सार्वजनिक भएको छ। मौलिक देउडा भाका र प्रेमभाव समेटिएको यस गीतको भिडिओ शुक्रबार दर्शकमाझ आएको हो । निरुता खत्री र भुवन दाहालको स्वर रहेको यस गीतमा निरुता खत्रीकै लय तथा सुशील बोहराको शब्द रहेको छ भने गीतको म्युजिक एरेन्ज कृष्ण बाजुरालीले गरेका हुन्।
भीम थापाको निर्माणमा तयार भएको यस भिडिओको निर्देशन निम थापाले गरेका छन्। अमृत उपाध्यायको छायांकन रहेको यस भिडिओमा वीर बोहरा, मनीषा रावल, नरबहादुर चौहान, केशव पन्तलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
भिडिओ स्थानीय कला, संस्कृति र देउडा संगीतको मौलिकतालाई प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको कुरा गायिका निरुताले बताएकी छिन् । भिडिओ खप्तड फिल्म्सको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो। भिडिओ निरुता खत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस गीत तथा भिडिओले देउडा संगीतप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।













