विशुद्ध लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ अब युट्युबमा

लिम्बू भाषाका चलचित्रहरु मध्ये विशुद्ध लिम्बू भाषामा मात्र बनेको चलचित्र ‘थेत्लङ’ ओपेरा इन्टरटेनमेन्ट नेपाल युट्युबबाट रिलिज भएको छ । अधुरो प्रेम कहानीमा बनेको यस चलचित्रको कथा देउमान होन्दोक लिम्बूले लेखेका हुन् ।  मनि ताम्लिङ लिम्बूको निर्माण, किशोर सुब्बाको निर्देशन र सागर केरुङको पटकथा रहेको यस चलचित्रमा बिशाल सेनेहाङ, दिब्या लिम्बू, सागर केरुङ, सरन सावादेन, सुकवीर चोड लगायतले अभिनय गरेका छन् ।

यस चलचित्रको गीतमा मनि ताम्लिङ, राम दुखी आङ्देम्बे, यादेन सेर्मा, मनु नेम्बाङ लगायतको स्वर रहेको छ । चलचित्रको छायाङ्कन सिक्किमको हिमा गाउँ, युमाङ थेगु, ही माङ्हीम लगायतका ठाउँहरुमा गरिएको थियो । गान्तोकको मनन केन्द्र हलमा प्रीमियर शो गरिएको यो चलचित्र सिक्किम, नेपाल, हङकङ, कोरिया, युएई, अमेरिका र यु. के. मा प्रदर्शन भइसकेको  छ ।