मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया लाग्छ’ को भिडिओ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्दरचना र राकेश सोनीको म्युजिक एरेञ्ज रहेको यो कौडा गीतको भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको हो । राकेशकै निर्देशन रहेको यो गीतको भिडिओमा राकेश, मौसमी राना मगर र बिबेक खड्का लगायतलाई फिचरिङ गरिएको छ । देवराज आचार्यको छायाङ्कन रहेको यस भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को दृश्य सम्पादन छ ।
यो प्रेमिल कौडा गीतमा सोल्टिनीको धेरै माया लाग्ने भाव व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडिओ पनि उत्कृष्ट बनेको छ । भिडिओ गायिका मञ्जुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मञ्जुका यसअघि सार्वजनिक गीतलाई श्रोता/दर्शकले औधि मन पाराएका छन् । आफ्ना यसअघिका गीत जस्तै यसले पनि श्रोता/दर्शकको माया पाउनेमा आफू आशावादी रहेको मञ्जु बताउनुहुन्छ ।
