-तुलसी गिरी ‘भावुक’
सर्जक जनक रावलले आफ्नै शव्द, सङ्गीत र स्वरमा रहेको गीत ‘याद आउँछ कान्छी’ को भिडिओ सार्वजनिक गरेका छन् l सर्जक/कलाकार जनकले सो गीत आफ्नै आधिकारिक युट्युब च्यानल Rawal Janak बाट डिजिटल बजारमा ल्याएका हुन् l गीतको भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को ग्राफिक रहेको छ l गीतमा गायक रावल आफ्नी मायालुको यादमा छटपटिएका छन् l सपनामा पनि उनै मायालुसंग भेट भएको, बिपनामा पनि मायालुकै झझल्कोले सताएको, एक्लै बाँच्न गाह्रो परेको, छिट्टै भेट्न र मनका कुरा साट्न मन लागेको गीतमा व्यक्त भएको छ l केही दिन अघि मात्र गायक रावलले वि^योगान्त भावको गीत ‘म नरोएको रात’ को भिडिओ सार्वजनिक गरेका थिए l
सानै उमेरदेखि कथा, कविता, नाटक, गीत गलज, मुक्तक लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका जनकका हालसम्म करिव ५ दर्जन गीत सार्वजनिक भइसकेका छन् l जसमध्ये गोठालोमा गएको, म माया लाउँदिन, सिमसिमे पानीमा, अचानो, मलाई छोडी अर्कैसँग, पानी कुवाको, अ आ क का कि कि, उडिजाने पँक्षी आदि लोकप्रिय छन् l वि. सं. २०४९ मा उनले लेखेको नाटक ‘कोखको पीडा’ रेडियो नेपालबाट प्रसारण भएको थियो भने २०४९ सालमै ‘सुनको बाला’ बोलको गीत रेकर्ड गरेर उनले गीत-सङ्गीतको औपचारिक यात्रा सुरु गरेका थिए l
सञ्चार र साहित्यका अनेक विधामा उत्तिकै कुशल र क्रियाशील रहेका रावल जनकले छापा तथा रेडियो पत्रकारिता एवं रेडियो कार्यक्रम प्रस्तोताको रुपमा १० वर्षको अनुभव बटुलेका छन् l सञ्चारका विभिन्न माध्यमबाट थुप्रै फुटकर कविताहरु प्रकाशित गरिसकेका उनले कथासङ्ग्रह ‘खाटा बसेको घाऊ’ समेत पाठकमाझ ल्याईसकेका छन् l राजनीतिशास्त्र, संस्कृति र इतिहास विषयमा स्नातकोत्तर र जनसञ्चार तथा पत्रकारितामा स्नातक उत्तीर्ण गरेका रावलले पत्रकारिता र मनोविज्ञानका पुस्तकहरुमा सहलेखन समेत गरेका छन् l समसामयिक विषयहरुमा नियमित लेख-रचना प्रकाशित गर्दै आएका उनले थुप्रै वृत्तचित्र र लघु चलचित्रहरुमा पनि स्वर ( background voice) दिएका छन् l
पेशागत रुपमा एक सफल घरानियाँ व्यावसायीको रुपमा परिचित रावल जनक Manufacturing/Productio planning, Market Statregy, Project Plan, Team Making & Motivational आदि कामका लागि एक सिद्धहस्त व्यक्तिको रुपमा परिचित रहेका छन् l
