१५३ विश्व कीर्तिमानी डा.डी.आर. उपाध्याय वान स्टार लण्डनद्वारा सम्मानित

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड यु.के.ले जनाएको छ । डा. उपाध्यायले १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोले सो विशेष सम्मान अर्पण गरिएको जनाइएको छ । यो संस्था विश्वको चर्चित संस्था मध्येको एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताउनुभयो  ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडिओ पनि सार्वजनिक भएका छन् ।