लोकतन्त्र बचाउने भनेको दलहरुले नै हो l

-डा.डी.आर.उपाध्याय खनाल

अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले नै हो । दलहरु नमिलेसम्म लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अवस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश छन् । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन् । अब जनता सचेत हुनुपर्छ l आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । अहिलेका जनता मुलुक हाँक्ने भएका छन् । अब हुने चुनावमा जनताले आफैं फैसला गर्छन् ।

अब मतदाता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढ्नु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध जनता जाग्नु पर्छ । अब पुरानै तरिकाले मुलुक बन्दैन । जनतालाई झुक्याउने दिन पनि गए । देश र जनताको भविश्य बनाउन दलहरु गम्भीर बन्नुपर्ने हो । त्यो अबस्था अझै देखिएन ।

आगामी चुनावमा हाम्रा भन्दा राम्रा मान्छे जिताउने अभियान चलाउनु पर्छ । देश बनाउन राम्रा मान्छेको आवश्यकता छ । गलत मान्छे राजनीतिमामा हावी भए भने समस्या आउँछ । आज देशमा ठूलो समस्या आएको छ । देशको समस्या समाधान गर्न राम्रा मान्छे चुनावमा जितेर आउनु पर्छ । राजनीतिमा कुरा मात्र बढी भयो, ब्यवहारमा कुनै कुरा पनि लागू भएन । नेताहरुले जनता झुक्याउने खेल मात्र भयो । सबै नेपाली जनता सचेत र जागरुप नभएसम्म समस्या आइरहन्छ । अब आउने चुनावमा पुराना नेताहरुलाई रोक्ने र नयाँ पुस्ताका युवाहरुलाई जिताउने जिम्मा आममतदातको हातमा छ ।

मतदाताहरु सचेत हुनु पर्ने बेला अब आएको छ । चुनावमा मतदाताले उचित फैसला गर्नु पर्छ । गलत मान्छेलाई हराउने अभियान मतदाताको हातमा छ । अब कुरा गरेर मात्र हुँदैन, ब्यवहारमा देखाउनु पर्ने भएको छ । समय र परिस्थितीको सामाना गदै देशको भविश्य बनाउनु छ । राम्रा उम्मेदवारलाई जिताउनु आम मतदाताको कर्तब्य र दायित्व हो । राम्रा उम्मेदवारले जिते देशले जित्छ । यो नै हाम्रो कर्तब्य हो ।

मुलुक बनाउन इमान्दार नेताको खाँचो हुन्छ । इमान्दार नेता अझै हामीले पाउन सकेका छैनौं । यो हाम्रो लागि दुर्भाग्य हो । समय र माग अनुसार नेता जन्मन सक्छन् । यो कुरा हामीले बुझनु पर्छ । समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन् । त्यो दिन अवश्य आउने छ । धैर्य नै समयको माग हो । हामी समय अनुसार चलेका छौं । आजको युग प्रविधिको युग हो हो । आज हामी प्रविधिसंग खेलिरहेका छौं । यो हाम्रो भाग्यको खेल हो ।