प्रमुख दलहरुप्रति जनताको वितृष्णा बढ्दै  

-डा. डी. आर. उपाध्याय खनाल


राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्थाप्रतिको प्रश्न चिन्ह हो । आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानुपर्ने आवश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन् । सबैभन्दा चिन्ता लाग्ने कुरा यो हो ।

राजनीतिक दलहरु सही ढङ्गले अघि बढ्न सकेनन् । दलहरु गलत बाटोमा अघि बढिरहेका छन् । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमान्दार भएर अघि बढ्न सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागि हामी सबै अघि बढ्नु पर्छ ।

राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन् । नेताहरु खराब बाटोतर्फ नजाने हो भने देश अघि बढ्न सक्छ । अब हामी गम्भीर भएर अघि बढ्नु पर्छ । मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । नेपालमा राजनीतिक दलहरु त्यति राम्रो ढङ्गले अघि बढ्न सकेका छैनन् । सरकारमा गएर पनि दलहरुले राम्रोसँग काम गर्न सकेनन् । दलहरुले काम गर्न सकेनन् भने भोलि ठूलो समस्या आउन सक्छ । सत्ता चलाउने मात्र हो कि जनताको पनि काम गर्ने हो ?

आज देशमा सुशासन कायम हुन सकेको छैन । जवसम्म देशमा सुशासन कायम हुँदैन तवसम्म यो देश बन्दैन । देशलाई असफल बनाउने काममा दलहरु लागिरहेका छन् । दलहरु सुधारको बाटोमा जानुपर्छ । यसरी देश र जनताको भलो हुँदैन । आज देशमा सङ्घीय शासन व्यवस्थाको अभ्यास भइरहेको छ । यो शासन व्यवस्था सञ्चालनमा पनि ठूला ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो भने सङ्घीय शासन प्रणालीको सफलतामा नै गम्भीर सङ्कट पर्न सक्छ ।

यो शासन व्यवस्था ल्याउन महत्वपूर्ण भूमिकामा रहेका दल तथा तिनका नेताहरु सच्चिनु पर्ने आवश्यकता देखिएको छ । मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्न दलहरु नै अघि बढ्नु पर्छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा दलहरु गम्भीर बन्नु पर्छ । देश बनाउने कुरामा सबैको चिन्ता हुनु पर्छ । आज देशमा राजनीतिक दलबीचमा एकता र सहकार्य हुन आवश्यक छ । दलले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरेको प्रतिबद्धता अनुसार काम गरेर देखाउनु पर्छ । जनताको पक्षमा काम गरेर देखाउने हो भने दलहरु आफैं लोकप्रिय हुन सक्छन् ।

जनतामा प्रमुख दलहरुप्रति वितृष्णा बढेर गएको छ । प्रमुख दलहरुप्रति वितृष्णा बढ्नु भनेको खतराको सङ्केत हो । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुबे । जनतालाई विकास, प्रगति र सुशासनको प्रत्याभूति दिनेगरी काम गरेर देखाउनु पर्छ । राजनीतिक दल र सत्ता सञ्चालकले आमजनतामा अपनत्व लिन सक्ने गरी राम्रा र प्रभावकारी कार्यहरू गर्नुपर्छ ।