राजधानीका सडक छेउमा थुप्रिएको फोहोर

– डा. डी. आर. उपाध्याय खनाल  


उपत्यकाको फोहोर व्यवस्थापन छिटो भन्दा छिटो हुनु पर्छ । यो हामी सबैको माग हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो बिषयमा सक्रियता देखाएका पनि छन् l तर उनले आवश्यक सहयोग भने पाउन सकेका छैनन् । फोहोरको बिषयलाई लिएर राजनीति नगरौं । यसले कसैलाई फाइदा गदैन । सबै मिलेर फोहोर व्यवस्थापन गरौं । यो नै आजको माग हो । फोहोरको कारण राजधानी दुर्गन्धित हुनथालेको छ । यो बिषयमा सरोकारवाला र राजनीतिक दलहरु गम्भीर बन्ने कि नबन्ने ?

फोहोरकै कारण राजधानीका गल्लि र बाटोहरुमा नाक मुख छोपेर हिँड्नु पर्ने अवस्था छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? राजधानीका सडक छेउमा थुप्रिएको फोहोरले गम्भीर खालका रोग निम्त्याउने खतरा पनि बढेको छ । त्यसैले यो बिषयलाई हल्का रुपमा लिनु हुँदैन । समस्या समाधान गर्ने बाटोतर्फ सबै गम्भीर बनौं ।

काठमाडौं महानगरपालिकाले स्थानीयवासीका माग पूरा गरेर भएपनि यो फोहोर व्यवस्थापन गरेर देखाउनु पर्छ । नवनिर्वाचित मेयर बालेन्द्र साहका लागि यो अवसर र चुनौति दुबै हो । फोहोर व्यवस्थापन बेला बेलामा चुनौतिको बिषय बन्दै आएको छ । यो कुनै नौलो कुरा होइन । फोहोरको समस्या दिनदिनै बढ्न दिनु हुँदैन । यो सबैको साझा बिषय हो । सबै मिलेर समस्याको समाधान गरौं । फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्ने काम कसैले पनि गर्नु हुँदैन ।

काठमाडौं उपत्यकामा फोहोरका कारण रोग निम्त्यो भन्ने कुरा सुन्न नपरोस् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काम गर्न खोजेका छन् l उनलाई काम गर्न दिनु पर्छ । अब फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्नु भन्दा पनि यसको दीर्घकालीन समाधान गरिनुपर्दछ । सबै राजनीतिक दल मिलेर यो फोहोरको ब्यवस्थापन गर्नुपर्ने बेला आइसकेको छ । अब ढिला गर्नु हुँदैन । साँच्चिकै स्थानीय बासिन्दा मर्कामा परेको भए उनीहरुको माग सम्बोधन गरिनुपर्दछ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन सोच बनाएर अघि बढ्नु पर्छ । त्यसो गर्न सकिएन भने यो समस्या पटक पटक दोहोरिने छ ।

फोहोर व्यवस्थापनका सम्बन्धमा सबैले ध्यान दिन जरुरी छ । यो बिषयमा अब दीर्घकालीन समाधान खोज्नु पर्ने आवश्यकता देखिएको छ । राजधानीका सडकमा फोहोर देखेर लजाउनु पर्ने भएको छ । मेयर साहले यसलाई समयमा नै ध्यान दिनु पर्छ । यदि उनले यो बिषयमा ध्यान दिन सकेनन् भने उनी असफल हुने निश्चित छ । उनलाई सफल बनाउन सबै राजनीतिक दलहरुले आ आफ्नो तर्फबाट भूमिका खेल्नु पर्ने आवश्यकता छ ।