‘मुगाको माला’ लिएर आइन् गायिका रेश्मा


सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मुगाको माला’ को भिडिओ सार्वजनिक भएको छ । आज बानेश्वरमा एक कार्यक्रमका बीच सो गीतको भिडिओ रिलिज भएको हो ।

विशेषगरि सेलो गीत / सङ्गीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यस अघिका सेलो कोसेलीहरु पनि श्रोता / दर्शकमाझ लोकप्रिय रहेका छन् । उनीद्वारा स्वर दिइएका गीतहरु ‘तामाङकी चेली’, ‘डम्फु र सेलो’, ‘टुङ्नाको मीठो धुन’ सङ्गीत बजारमा निकै लोकप्रिय छन् ।

‘मुगाको माला’ मा शब्द कुमार स्याङ्बाको, सङ्गीत  चन्द्रकुमार दोङको, म्युजिक एरेञ्ज फणिन्द्र राईको र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडिओमा युवराज वाईबाको निर्देशन र सागर प्रधानको सिनेम्याटोग्राफी  रहेको छ भने सम्पादन विकेश दाहालले गरेका छन् । भिडिओमा निराञ्जली, कुन्सङ र रजनीले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् ।