-तुलसी गिरी ‘भावुक’
प्रसिद्ध कलाकार साजन राई र सरिता राई आङ्बुहाङको स्वरमा रहेको पर्व विशेष तिहार गीत ‘तिहारै आयो’ को भिडिओ सार्वजनिक भएको छ । बहुआयामिक प्रतिभा साजन राईको रचना, सङ्गीत एवं म्युजिक एरेञ्ज रहेको यस गीतको रेकर्डिङ सुरेशपायल राई र मनोज साङ्सोन राईले गरेका हुन् भने मिक्सिङ/माष्टरिङ राजु कार्कीको रहेको छ ।
पर्वको वास्तबिक झल्को दिनेगरी ग्रामिण घर-परिवेशमा छायाङ्कन गरिएको यस म्युजिक भिडिओका निर्देशक/कोरियोग्राफर नुमा लिम्बू हुन् । जसमा एक सफल व्यावसायी समेत रहेका समिर आङ्बुहाङ लिम्बूको सिनेमाटोग्राफी एवं सम्पादन रहेको छ । ताप्लेजुङ मिडिया हाउसको पोष्ट प्रोडक्सनमा निर्माण भएको यस तिहार विशेष म्युजिक भिडिओमा नुमा लिम्बू, विनोद सिंगक लिम्बू, आशिष कुरुम्बाङ लिम्बू, सीता राई, धवन राई, सृष्टि कुरुम्बाङ लिम्बू, नरमाया सिंगक, नैतिका राई, सञ्जय राई, संयम राई, सागर बान्तवा राई, इच्छा लावती, तुफान काले, अजय वानेम, मिङ्मा तामाङ, पूर्णिमा तामाङ, ट्यशन दाइ, राजु तामाङ, सन्दिप रामदान आदि कलाकारको नृत्य/अभिनय रहेको छ । भिडिओ TAPLEJUNG MEDIA HOUSE युट्युब च्यानलबाट बजारमा आएको हो ।













