दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि जनता के खाएर बाँच्ने ?

डा. डीआर उपाध्याय


कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागीर गुमाए । स्कुलमा पढाउने शिक्षक, शिक्षिकाहरु आधा तलवमा काम गर्न बाध्य भए । अझै पनि त्यहि स्थिती छ । निजी कम्पनीमा काम गर्ने कामदारहरुको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरु मर्कामा परेका छन । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरु सटर, कोठाको भाडा तिर्न नसकेर रुदै हिडेको हामीले देखिरहेका छौ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरुलाई बाँच्न धौ धौ छ । महंगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महंगीले श्रमजीवी वर्ग शहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन । मूल्यवृद्धि कसले रोक्ने ? जनता मार्कामा परे ।

कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौतारी रहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान के खाने भन्ने समस्यामा श्रमजीवी वर्ग छन । आज देशमा बजार भाउ छोइसक्नु छैन । सवैजसो चिजले आकास छोएको छ । तरकारीको मूल्य अकासिएको छ । भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु लगायतको मूल्य निकै बढेको छ । खाना पकाउने ग्यासको पनि मूल्य उच्च परिमाणमा बढेको छ । यस्तो भएपछि जनता कसरी टिक्ने ? समग्रमा भन्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको नै हो । पेट्रोल र डिजेलको मूल्य पटक-पटक बढाइएको छ । अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ताको ढाँड सेकिएको अवस्था छ । धेरैले आफनो खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । मूल्यवृद्धिले धेरैलाई उठिवास लगाएको छ ।

यसै पनि अधिकाँश मान्छेहरुको कोरोनाका कारण आयस्रोत कम हुदै गएको छ । कतिपय कार्यालयले आफना कामदाहरुलाई अझै पनि आधा तलबमा काम गराइरहेका छन । कतिपय कार्यालयले काममा बोलाउन सकेका छैनन् । अवस्था यस्तो छ । हरेक सामानको मूल्य बढे पछि जनताले के खाएर बाँच्ने ? यो गम्भिर प्रश्न छ । उपभोक्ताको दैनिकीसँग जोडिएका उपभोग्य वस्तुमा यसरी मनपरी मूल्य बढनु राम्रो मानिदैन । अकासिँदो मूल्यवृद्धि हुँदा पनि सरोकारवाला निकाय किन मौन छ ? मूल्यवृद्धि जनताको समस्या बनेर खडा भएको छ । सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायले यसतर्फ गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । खासमा महँगीले धनीवर्गलाई खासै छोएको छैन । निम्न आय भएका वर्गलाई नै प्रत्यक्ष प्रभाव पारेको छ । सवै भन्दा बढी समस्यामा यो वर्ग परेको छ । यस्तै संकटका बेलामा नै हो सरकारले हेर्ने भनेको । अव सरकार उपभोक्ताको भान्सालाई कसरी सहज पार्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु पर्छ । बजारमा बिक्री हुने हरेक सामानको निश्चित भाउ तोक्ने र त्यसको मूल्यसूची सबैले थाहा पाउने गरी टाँस्ने व्यवस्था मिलाउनु पर्छ ।