फुटको राजनीतिले कम्युनिष्टहरुलाई नै घाटा

-डा. डीआर उपाध्याय


गत आम निर्वाचनमा कम्युनिस्टहरूको एकताका कारण कांग्रेस पराजित भएको हो । यो कुरा सवैलाई अवगत छ । अव आउँदो चुनावमा के हुन्छ भन्न सकिदैन । कम्युनिस्टहरूको राजनीतिक गतिविधि चुनाव सम्म यस्तै कायम रहने हो भने अव आउँदो चुनावमा कांग्रेस अगाडी आउने देखिन्छ । नेपाली काँग्रेसको लागी चुनाव अवसर हुने छ । प्रजातन्त्र पुनःस्थापना भए यता जति पनि आम निर्वाचन सम्पन्न भए अधिकाँश ती आम निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । नेपाली काँग्रेस लोकतान्त्रिक र पुरानो पार्टी हो । पटक पटक सरकारको नेतृत्व पनि गदै आयो तर जनताका अपेक्षाहरु भने सोचे बमोजिम पुरा गर्न सकेन । त्यस कारण देशमा कम्युनिष्टहरु फैलाए । जति कम्युनिस्ट पार्टीहरू फैलाए पनि एक आपसमा उनीहरु मिल्न नसकि विभाजन हुदै आएका छन । यसले गर्दा पनि नेपाली काँग्रेसलाई बेला बेलामा फाइदा हुने गरेको छ ।

यसपटक कम्युनिस्ट पार्टी मिलेर झण्डै दुईतिहाइ नजिक बहुमत ल्याएका थिए । तर उनीहरुको एकता तीन वर्ष मात्र कायम रह्यो । एकता लामो समय सम्म टिक्न सकेन । कम्युनिष्टमा यो समस्या छ । नेपालको राजनीतिक इतिहासमा वामपन्थी पार्टी पटक पटक फुटदै, जुटदै आएका छन । फुटको राजनीतिले कम्युनिष्टहरुलाई धेरै घाटा गरिरहेको छ । जति कम्युनिष्ट जुटछन उती उनीहरुलाई फाइदा छ । एकतामा नै कम्युनिस्टहरूको जित सुनिश्चित हुन्छ । अरु बेला भन्न सकिदैन । २०७४ सालअघिका निर्वाचनमा पनि कम्युनिस्टहरूले नै बहुमत ल्याउने सम्भावना बलियो थियो, तर विभाजनका कारण उनीहरूले बहुमत ल्याउन सकेनन् । विगतमा आफ्नै कमजोरीका कारण उनीहरुले धेरै अवसर र सम्भावना गुमाएका छन । ओली र प्रचण्डले २०७४ को वाम एकतालाई कायम राख्न नसक्नु इतिहासमा ठूलो भूल हो । जुन एकता उनीहरूको प्रयासमा नै सफल भएको थियो । सबैभन्दा विडम्बना के हो भने सत्ता स्वार्थका कारण नै नेकपा खोसियो ।

कम्युनिस्टहरु मिल्न जान्दैनन् विभाजन मन पराउँछन् । यो कुरा इतिहास देखि भोग्दै देख्दै आएका छौ । भारतले नेपालमा कम्युनिस्ट पार्टी मिलेर बसेको देख्न चाहेको थिएन । नेकपा फुटमा भारतको पनि हात छ भन्ने कुरा पनि बाहिर आयो । तर पुष्टि हुन भने सकेको छैन । भारतीय रअ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभणेसहित भाजपा नेताको एकपछि अर्को लगातारको नेपाल भ्रमण पनि भएको थियो । उनीहरुलाई दोष देखाएर पानी माथिको ओभानो बन्न खोज्नु हुदैन , नेकपा विभाजनमा ओली र प्रचण्ड नै मुख्य दोषी हुन् । ओली र प्रचण्डले नेकपामाथि बेइमानी गरे । यसको सजाय उनीहरूले आगामी चुनावमा अबश्य भोग्ने छन् ।

एकता गरेर जाने हो भने नेपालमा कम्युनिष्टहरुको नै बहुमत छ । उनीहरूलाई अन्य दलसँग सहकार्य गर्न आवश्यकै पर्दैन। नेपाली जनताले सिंगो वामपन्थी एकता खोजेका छन् । तल्लो तहका नेताहरू पनि एकताको पक्षमा छन्, वाम नेताहरूमा अहंकार, घमन्ड र व्यक्तिगत स्वार्थ छ । नेपाली जनताले एकता खोजेका छन । एकता गरेको कारणले नै नेपाली जनताले २०७४ सालको चुनावमा कम्युनिष्टलाई बहुमत दिएका हुन । एकतामा नै शक्ति हुन्छ । एकतामा नै ओली र प्रचण्डको शक्ति आएको थियो । तर उनीहरूले जनताका भावनाको सम्बोधन गरेनन्, बरु जनतालाई निराश बनाए ।