मुलुकको राजनीति बुझिनसक्नु

-डा. डीआर उपाध्याय


मुलुकको राजनीति बुझिनसक्नु छ । कतिबेला के हुन्छ केही भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मञ्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि आ-आफनो राजनीतिक बाटो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिएपछि आ-आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ l  राजनीति बाटो सिधा नहुदो रहेछ l यो शिद्धान्तको कुरा होइन l यो भोगाइ र देखेको कुरा हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्नेहरु शिर झुकाएर आफनै घर एमालेमा फर्किएका छन् । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो । आउँदा दिनमा राजनीति कसरी अघि बढ्छ त्यो हेर्न भने बाँकी नै छ ।

सर्वोच्चको पछिल्लो फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाललाई भने घाटा पुयाएको छ । दाहालका केही नेता, कार्यकर्ता ओलीको पक्षमा खुलेर लागेका छन् । ओलीले पनि नेकपा माओवादी केन्द्रका नेतालाई एमालेमा राम्रो जिम्मेवारी दिएर बिश्वास जित्नुभएको छ । यसले के संकेत गर्छ भने भोलि माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा आउने निश्चित छ । अव देश नयाँ ढंगले अघि बढ्ने अवस्था देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका शीर्ष नेताहरुसंग छलफल गर्नुभएको छ । छलफल सकारात्मक भएको सञ्चार माध्यममा आएको छ । उक्त छलफलमा रेशम चौधरीलाई जेलवाट छुटाउने कुराले महत्व पाएको बुझन सकिन्छ । जसपाको प्रमुख सर्त यो भएको बुझन सकिन्छ । यो सर्त पुरा भए जसपा सरकारमा सहभागी हुने बलियो आधार तय भएको छ ।

ओली राजनीतिका चतुर खेलाडी हुनुहुन्छ । अस्ति भर्खरै बिप्लवलाई शान्तिपूर्ण मूल राजनीतिको बाटोमा ल्याउनुभयो । यो सवैको लागि खुशिको कुरा हो । ओलीलाई जतिसुकै धारे हात लगाए पनि ओलीका रणनीति र योजनाहरु सफल हुँदै आएका छन् । हिजो ओलीलाई गाली गर्ने नेताहरुले कुन मुख लिएर ओलीलाई भेटने होलान् ! बडो अचम्मको कुरा त यो छ । राजनीतिमा यस्ता गलत संस्कार र परम्पराको अन्त्य जरुरी छ । राजनीति बिचार र शिद्धान्तले चल्ने हो । गाली गलोजले होइन । हिजो एक अर्कामाथि  गाली गलौज गर्ने नेताहरु बैठकमा संगै कसरी बस्ने होलान । मञ्च पाएपछि के बोले थाहा नपाउने नेताका कारण देश बिग्रिएको छ । यो देश कसले सपार्ने हो भगवानले जानुन्  ।

नेपाली जनता लामो समयदेखि दुःख कस्ट बेहोर्दै आएका छन् । यो देशमा नेता धनी बन्दै जाने र जनता झन् पछि झन् गरिव हुँदै जाने अवस्था छ । जनताले देशमा राजनीतिक दलवाट देशको बिकास र समृद्धि हुन्छ भन्ने आश गरेका थिए l तर आशा अनुसार काम हुन सकेको छैन । ओली सरकारले केही गर्न खोजेकै हो तर पाटी भित्रको आन्तरिक विवादले धेरै कुरा ओझेलमा परेका छन् । यो सरकारको खुट्टा तान्ने काम आफ्नै पार्टीका नेताहरुबाट धेरै भयो । तर योजना सफल भएन । आफू पनि नगर्ने अरुले गर्न खोज्दा गर्न पनि नदिने यो गलत संस्कारले कसैलाई अघि बढाउँदैन ।