गीतकार ‘अमर’ द्वारा सरस्वती भजन सार्वजनिक

तुलसी गिरी ‘भावुक’


श्रीपञ्चमी अर्थात् सरस्वती पूजा आउन केहीदिन मात्र बाँकी छँदा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले सरस्वती भजन सरस्वती माता को भिडियो सार्वजनिक गरेका छन् l लामो समयदेखि गीत, कथा, कविता, उपन्यास लगायत साहित्यका अधिकांश विधामा कलम चलाउँदै आएका ‘अमर’ को शब्दरचना, सञ्जय हमालको सङ्गीत संयोजन तथा सूर्य राई दनुवारको सङ्गीत एवं स्वर रहेको यो सरस्वती भजनको भिडियो Apsaraz Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु श्रेष्ठको निर्देशन र राकेश रोशन दासको कोरियोग्राफी रहेको यस भिडियोमा ईश्वर फुयाल र श्रुति राईले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने रामहरि बन्जरा, नानीमाया बन्जरा, बाल कलाकार भिजन बन्जरा लगायतका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ l अप्सराज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो भिडियोमा विशाल राज राईको सिनेम्याटोग्राफी र विश्वास भण्डारीको सम्पादन रहेको छ l