मौलिक तिज गीत ‘नेपाले डोरीमा छैन सितारा’ सार्वजनिक

-अनिल श्रेष्ठ 

नेपाली मौलिक गीत सङ्गीतलाई संरक्षण एवं प्रवर्द्धन गर्ने हेतुले सार्वजनिक गरिएको तीज गीत ‘नेपाले डोरीमा छैन सितारा’ को भिडिओ बजारमा आएको छ । जसमा लोकप्रिय गायिका देवी घर्ती मगर, लोकप्रिय सङ्गीतकार/गायक नरहरि प्रेमी र विष्णुप्रसाद शर्माको स्वर रहेको छ । विष्णुप्रसाद शर्माको शब्द र नरहरि प्रेमीको सङ्गीत रहेको यस गीतमा रमेश सेन्चुरीले सङ्गीत गरेका छन् ।  गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोका प्राविधिक सुमन रानाले रेकर्ड गरेका हुन् ।

समूह गायनतर्फ प्रतिमा विश्वकर्मा, आस्मा विश्वकर्मा, अपेक्षा खनाल र अनिल श्रेष्ठले स्वर दिएका छन् । राज कुमारको निर्देशन एवम् सम्पादन रहेको यस भिडिओमा सरगम शर्मा र अञ्जन कुँवरले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने सहायक भूमिकामा अन्य धेरै कलाकारलाई पनि देख्न सकिन्छ। गीत नरहरि प्रेमी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।