एकले अर्कालाई सिध्याउने दाउ

-डा. डीआर उपाध्याय


अब देशको राजनीति कता जाने हो, यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड-नेपाल र केपी समूहतिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ ।

संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यतिबेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव-प्रचण्डको नेकपामा आरोप-प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन् । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब एकले अर्कालाई सिध्याउने दाउमा छन् । सत्ताधारी पार्टीभित्रका यी दुई समूह अन्ततः विभाजित भएका छन् । जसले गर्दा मुलुकको राजनीति गहिरिदो बनेको छ । यिनीहरू विभाजन नहुनु पर्दथ्यो । लोकतन्त्र खतरामा जान थाल्यो । यो बिभाजन आफैंमा गलत छ । जनतालाई धोका भयो । राजनीतिमा बेइमानी भयो । बेइमानको राजनीति लामो समय टिक्दैन । यो क्षणिक हो । जनताको समस्या नबुझनेले देशको मुहार कसरी फेर्छन् । यि सब ढाँट कुरा हुन् । जनता अल्मल्याउने कुरा हुन् ।

अब जनताको बिश्वास जित्न नेताहरुलाई त्यति सजिलो हुने छैन । पार्टी बिभाजनपछि नेताहरु जुहारी खेलिरहेका छन् । अहिले लोकको जग हाँसिरहेको छ । नेता तथा कार्यकर्ताको मनोबल माथि उठन सकेको छैन । ठूला पार्टी विभाजित हुनु भनेको लोकतन्त्रका लागि खतरा हो । अहिले लोकतन्त्रलाई खतरा छ । सबै उपलव्धिहरु गुम्ने हुन कि भन्ने चिन्ता छ ।

संसदीय व्यवस्थामा संसद्मा रहेका सांसदको संख्या, फुट्दा पु¥याउनुपर्ने ४० प्रतिशतको प्रावधान र निर्वाचन आयोगमार्फत पाउनुपर्ने वैधानिकता नै महत्वपूर्ण सर्त हो । सत्तारूढ पार्टीको विभाजनसँगै वैधानिकता र संसद् विघटनसँगै संवैधानिकताका कुरा प्राथमिताका साथ उठिरहेका छन् । सत्तारूढ पार्टीको अहिलेको अवस्था अत्यन्त कमजोर छ । किनभने पार्टी विभाजन हुनु भनेको नै कमजोर हुनु हो । यसका लागि नेताहरूमा परिपक्वता र जिम्मेवारीपनको महसुस हुनु जरुरी देखिएको छ । नेताहरू एक आपसमा लड्ने र कार्यकर्ताहरुलाई भिडाउने प्रवृत्तिले दुबै समूहलाई फाइदा छैन् । नेकपाका नेताहरु अहिले आफ्नो घर जलाएर आगो तापिरहेका छन् । क्षति भएको कुरा किन बुझ्दैनन् ?