हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक छ ?

डा. डीआर उपाध्याय


नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो । यो पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने चिन्ता छ । नेपालको लोकतान्त्रिक आन्दोलनदेखि पटक पटक भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहँदै आएको छ । इतिहासलाई कसैले भुल्नु हुँदैन । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस हो । यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्य गर्न प्रमुख भूमिका खेल्यो । हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको कुरा कसैले भुल्नु हुँदैन । अहिले यो पार्टी पनि सत्तारुढ दल जस्तै आन्तरिक द्वन्द्व, कलह, गुट-उपगुटमा बिभाजित छ ।

इतिहासलाई मात्र भजाएर पार्टी अघि बढ्न सक्दैन । ०७ सालको क्रान्ति, ०३६ सालको जनमतसंग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२,०६३ सालको जनआन्दोलन लगायतको नेतृत्व नेपाली कांग्रेसले गरेको हो । हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक छ ? हिजो कांग्रेस संघर्षशील र उर्जाशिल थियो । आज कांग्रेसमा त्यो छैन । प्रमुख प्रतिपक्षीको भूमिका सशक्त रुपमा अघि बढाउन सकेको छैन । सत्तारुढ दलले मनपरी गरिरहेको देखेर पनि किन प्रतिपक्षी दल कांग्रेस मौन छ ?  पार्टीमा संघर्षशील र  इमानदार कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन । नेताकै चाकडी-चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने प्रवृत्ति हावी छ । यो सबै पार्टीमा भएको रोग हो । त्यस कारणले गर्दा दलहरु कमजोर छन् ।

लोकतन्त्रमा दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्रवादी शक्तिहरु हिजो जसरी एक भएर अघि बढेका थिए आज पनि एक भएर अघि बढ्नुपर्ने बेला आएको छ । लोकतन्त्र बिरोधी शक्तिहरु यो ब्यवस्था बिरुद्ध नारा जुलुश गदै हिंडिरहेका छन् । दलहरु किन मौन छन ?  लोकतन्त्रमाथि खतरा आउन थाल्यो । अब सबै लोकतन्त्रवादी शक्तिहरु जुटेर हिँड्नुपर्ने बेला आयो । राजनीतिक दलहरु सत्ता स्वार्थको राजनीति छाडेर देश र जनताको पक्षमा सोच्ने बेला आयो ।

Top of Form

Bottom of Form