जनतालाई मूर्ख बनाउने कोसिस कसैले नगरौं

डा. डीआर उपाध्याय

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अहिले विवादका कारण सङ्कटमा छ । पछिल्लो विवादले पार्टी विभाजन नै हुने होकी भन्ने चिन्ता छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढेको छ । जनताका आशा, अपेक्षा र आफूले गरेका प्रतिबद्धता भुलेर नेकपाका नेताहरू आफ्नो निहित स्वार्थमा लागेका छन् । अहिले नेकपामा दुई अध्यक्ष बीचको मनमुटाव नै मुख्य कारणको रूपमा देखा परेको छ ।

लामो समयदेखि नेपाली राजनीतिमा सिद्धान्त र विचारको खडेरी छ । सिद्धान्त र विचारले नै राजनीतिक पार्टीहरू चल्ने हो । तर सिद्धान्त र विचार नै छैन । राजनीतिक व्यापार हुन पुगेको छ । अहिले नेकपामा भएको यही हो । अहिलेको अवस्था आउनुमा पार्टी एकता गर्दा सिद्धान्त र बिचारमा एकरुपता ल्याउन नसक्नु हो । आन्तरिक दाउपेच, गुटबन्दी, निहित स्वार्थ र शक्तिको बाँडफाँडले पार्टीभित्र विवाद ल्याएको छ ।. एकले अर्कोलाई पछार्ने रणनीतिमा नेकपाका शीर्ष नेताहरु लागेका छन् ।. यस्तो रणनीतिले न त देशको भलो हुन्छ न त पार्टीको ।. देश र पार्टी हार्ने रणनीतिले कसैको भलो गदैन । .अहिले नेकपाभित्र त्यही भईरहेको छ ।.

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तीनवर्षे इतिहासमा पटक पटक बिवाद हुने गरेको छ ।. पार्टी एकता विधि र पद्धतिको बाटोमा जान सकेन ।. नेकपा विवादभित्र कुनै सैद्धान्तिक वा नीतिगत मुद्दा देखिँदैनन् । सत्ता स्वार्थको राजनीति मात्र देखिन्छ ।. नेकपाले आर्थिक, सामाजिक राजनीतिक रूपान्तरणको समाजवादोन्मुख बाटो लिन सकेन ।. शीर्ष नेताबीच आपसी लेनदेन मिलेमा विवाद साम्य हुने धेरैले अनुमान लगाएका छन् ।. देशको दुर्भाग्य नै हो, विगत सात दशकदेखि यस्तो दुर्भाग्यपूर्ण अवस्था निरन्तर चलिरहेको छ । यसको मूल कारण राजनीतिक नेतृत्व हो । विश्वका धेरै देश दुःख, कष्ट पार गर्दै विकसित भएका हुन् । किनकि तिनको राजनीतिक नेतृत्वमा देशको विकासका लागि दूरगामी दृष्टिकोण, दृढ अठोट, राजनीतिक प्रतिबद्धता, देश र जनताप्रतिको उत्तरदायित्व बोध थियो । त्यसो भएर ती देशहरु विकसित भएका हुन् । हाम्रो नेतृत्वसँग त्यो सोच नै छैन ।. जुन कारणले हामी पछाडि परिरहेका छौं ।. देशमा जनताप्रति समर्पित दूरदर्शी राजनीतिक नेतृत्वको खाँचो छ .।

अहिले स्थानीयतहदेखि सङ्घीय सरकार एकलौटी रूपमा कम्युनिष्टको हातमा छ ।. तर, तीन वर्षको दौरानमा सुधार हुनुभन्दा देश झन् अराजक स्थितिमा पुगेको छ .। यही अवस्था रह्यो भने देश पुनः अर्को द्वन्द्वमा फस्ने खतरा छ .। जनतालाई मूर्ख बनाउने काम गरिँदै छ । परिस्थिती हिजो जस्तो छैन .। जनता सचेत छन .। जनतालाई मूर्ख बनाउने कोसिस कसैले नगरौं ।. सोभियत सङ्घको पतनपछिको विश्व परिस्थितिमा कम्युनिस्ट आन्दोलन, मजदुर आन्दोलन, समाजवादमाथि साम्राज्यवादीबाट चौतर्फी प्रहार भइरहेको छ । प्रतिक्रियावादी शक्तिहरू, अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा माफिया सञ्जालले देशलाई अग्रगमनतिर लैजान अवरोध खडा गरिरहेका छन् ।. अब नेकपाले दूरदर्शिता, नीतिगत स्पष्टता, लक्ष्य र अवस्था सापेक्ष रणनीति, कार्यनीतिक – प्रशासनिक शुद्धीकरण, जनताका आधारभूत आवश्यताको प्राथमिकीकरण र तिनको परिपूर्तिको कार्यक्रम अनुशरण गर्नुपर्ने जरुरी देखिएको छ ।.नेकपाभित्र कलह जारी छ । दुबै पक्ष आ-आफ्नो रणनीति तर्जुमा गर्न व्यस्त देखिन्छन् । देश र जनताको भलाईमा भन्दा आपसी झगडामा फस्नु नेपालका राजनीतिक दलहरुको चरित्र हो ।

जनताले निर्वाचन मार्फत पाँच वर्ष सरकार चलाउने जिम्मा नेकपालाई दिएका छन् । सरकार चलाउने जिम्मा पाउनु जनताले गरेको विश्वास हो र यो विश्वासको पछिल्तिर जनअपेक्षा समेत छ । यो सत्यलाई बिर्सिएर दल र नेता शक्ति सङ्घर्षमा मात्र तल्लिन रहनु गैरजिम्मेवारीको पराकाष्ठा हो । नेकपाभित्रको विवाद आगामी महाधिवेशनसम्म जारी रहने सम्भावना देखिन्छ ।