सरकार सङ्कट व्यवस्थापनमा चुक्दै

डा. डीआर उपाध्याय


मुलुकमा कोरोना भाइरसको प्रभाव बढिरहेको छ । यो नै हामी सवैको चिन्ताको बिषय हो । सरकारले भाइरसप्रभावित नागरिकको उपचार गर्न नसक्ने भन्दै दुवै हात उठाएको अवस्था छ । सरकार संकट व्यवस्थापनमा चुक्दै आएको छ । महामारीमा सरकार संवेदनशील बन्न सकेन । सरकारले आफ्नो क्षमता देखाउने बेला हो यो । तर यस्तो संकटको बेलामा पनि सरकार पिठ्यु फर्काएर भागेको छ । यो बिश्वजगतको नजरमा राम्रो सन्देश पटक्कै होईन। नेकपा यो बिषयमा गम्भिर हुनु पर्छ । अव समय छँदै सरकारलाई सहि बाटोमा ल्याउने जिम्मा भनेको पाटीको हो । सत्तारुढ दल नेकपा यति बेला कता , कता अल्मलिए जस्तो छ । यसरी पार्टी चल्दैन । पाटी बलियो नभए सरकार कमजोर हुन्छ । अव नेकपाले इमान्दारीता देखाउने बेला आएको छ । यदि समय छँदै नेकपाले इमान्दारीता देखाएन भने त्यो उसैका लागि आत्मघाती हुनेछ। किन भने नेकपालाई गत निर्वाचनमा ठूलो बिश्वासले जनताले झण्डै दुईतिहाईको जनमत दिए । आगामी निर्वाचनमा यो बिश्वास टुट्ने सम्भावना छ । कुरा मात्र गर्ने होकी काम पनि गर्ने हो ? चर्का कुरा गरेर साम्यवाद आउँदैन । आपतविपत्मा नागरिकलाई सघाउन नसक्ने सरकारबाट अरु के आश गर्नु ? संकटमा नै आम नागरिकले गुहार्ने भनेको राज्यलाई नै हो। राज्य नागरिकप्रति उत्तरदायी हुन सकेन । किन नेकपाले सरकारप्रति खबरदारी गर्न सक्दैन ? के नेकपा पाँच वर्ष भागबन्डा गरेर खानका लागि मात्र एकीकृत भएको हो ? अव नागरिक सचेत हुनुपर्छ । सरकारले कसैलाई टेरपुच्छर लगाइरहेको छैन। यति बेला प्रतिपक्ष पनि सरकारसामु निरीह छ। मधेसकेन्द्रित दलहरूको त कुरै नगरौं । देश र जनताको मुक्तिका लागि भन्दै १७ हजार मान्छेको बलिदानी दिएर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएको तत्कालिन माओवादी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ता सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न किन सकिरहेका छैनन् ?