सरकार ! के गाउँ गाउँमा सिंहदरबार भनेको यही हो ?

-डा. डीआर उपाध्याय


हिजो नेपाली कांग्रेस प्रदेश ५ का सांसदहरुले कुर्सी तो*डफो*ड गरेको समाचारले अलिकति सोच्ने बनायो । उनीहरुको माग भनेको प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ भन्ने हो । कांग्रेसले कुर्सी तो*डफो*डमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत त गरेको छ, तर कारवाही हुन्छ कि  हुँदैन त्यो भने हेर्न बाँकी छ । प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार नेपाली कांग्रेसका सांसदहरुले कुर्सी तो*डफो*ड गरेका थिए। उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयास समेत गरेका थिए । यतिबेला सबैतिर कांग्रेस सांसदहरुको हर्कतको चौतर्फी आलोचना भएको छ । कांग्रेसका प्रदेश ५ का सांसदले कुर्सी टेबलमा बजा*र्ने, रोष्टमतिर फाल्ने र माइक पनि तो*डफो*ड गरेको दृश्य भिडियोमा देखिन्थ्यो । यो लाजमर्दो हर्कतले लोक हँसाएको छ । यो हर्कतले लोकतन्त्रकै खिल्ली उडाएको आरोप सामाजिक सञ्जालमा पोखिएको छ । तो*डफो*ड र भाँडभैलोका बीच प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ ।

प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा राख्ने प्रस्ताव पेस गरेको थियो । नेपाली कांग्रेसका प्रदेश ५ का सांसदहरु छलफलबिनै प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धी प्रस्ताव ल्याइएको भन्दै आ*क्रोशि*त भएका हुन् । यसको बिरोधमा प्रदेश ५ मा सडक समेत तातेको छ । गाडीमा तो*डफो*ड भएको छ । बाटोमा टायर बा*लिएको छ । नारा जु*लुश गरिएको छ । सत्तारुढ दलका नेताहरुलाई गाली गरिएको छ । सरकार के गाउँ गाउँमा सिंहदरबार भनेको यहि हो ? नेपाली जनताले आफनो पसिनाबाट तिरेको करबाट खरिद गरिएको सरकारी सम्पत्तिको तो*डफो*ड गर्नेलाई के कार्बाही हुन्छ सरकार ? यस्ता नेता भएका हाम्रो देशका जनताले उनीहरुबाट के आश गर्ने ? अब देशमा सङ्घीयता घाँडो भएको सङ्केत पो देखिन थाल्यो । सरकार अब बेलैमा बिचार गर्ने कि ?