आर्थिक क्रान्तिको प्रतिबद्धता आजको आवश्यकता

डा. डीआर उपाध्याय


अव मुलुक आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । राजनीतिक मुद्दामा मात्र अल्झिएर देशको बिकास हुँदैन । देशको आर्थिक विकास नै अहिलेको मुख्य बिषय हो । विगतमा राजनीतिक द्वन्द्वका कारण देशको बिकास हुन सकेन । अब त्यस्तो अवस्था छैन । मुलुकमा झण्डै दुई तिहाईको सरकार छ । मुलुकको भाग्य र भविश्य निर्माणका लागि सवै दलहरू साझा एजेन्डा बनाएर अघिबढनु पर्ने बेला आएको छ ।

एकले अर्काको खुट्टा तान्र्ने प्रवृतिको अन्त्य गरौं । मिलेर देशको बिकास गरौं । यो नै आजको आबश्यकता हो । बिगतमा अस्थिर सरकारका कारण नेपालले ठूला आयोजनाहरू निर्माणमा निकै समस्या भोग्नु परेको थियो । राजनीतिक मुद्दामा मात्र केन्द्रित बनेर अब हुँदैन । बिगतमा फोहोरी राजनीतिकै कारण मुलुक बिकासको गतिमा अघि बढन सकेन ।

अब आर्थिक तथा भौतिक विकासमा सवैको ध्यान जानुपर्छ । सरकारले अघि सारेको समृद्धिको महासङ्कल्प पूरा गर्ने दिशामा अघि बढनुपर्छ । मुलुक आर्थिक क्रान्तिको अभियानमा क्रियाशील हुनुपर्छ । हाम्रो देश गरिव छ । यो देशलाई गरिवीबाट मुक्त गर्न पनि आर्थिक क्रन्तिको जरुरी छ । गरिबी निवारणका विभिन्न प्रयास नभएका होइनन् । गरिबी नै हाम्रो देशको प्रमुख चुनौती हो । गरिबी सधैका लागी खतरा हुनेछ । गरिवीका कारण नै बिद्रोह हुने गरेको इतिहास छ ।

यस बिषयमा सबै बेलैमा सचेत बनौं । मुलुकको भविष्यलाई सुन्दर बनाउन नेतृत्व सक्षम हुन जरुरी छ । सक्षम नेतृत्व बिना मुलुक बनाउन असम्भव छ । गरिबीको दुष्चक्रलाई परास्त गर्न एकताको आवश्यकता छ । एकता बिना गरिबी दुष्चक्रलाई परास्त गर्न सकिदैन । कोभिड-१९ को महामारीले मुलुकमा सङ्कट उब्जाएको छ । योसँग लडनु पर्ने चुनौति हाम्रो सामु छदैछ । कोभिड-१९ को कारण आर्थिक अवस्था सवैको कमजोर बनेको छ ।

यतिखेर सवैको समस्या छ । समस्याबाट कोही मुक्त छैन । महामारीले उत्पन्न गरेका स्वास्थ्य तथा आर्थिक क्षेत्रका असरबाट नागरिक पीडित छन । अब सरकारले आर्थिक सुधार र दु्रत विकासको पथमा लम्किने प्रतिबद्धता जनाउनुपर्छ ।