सबै नेपालीको एउटै आवाज ‘कुलमानकै छ खाँचो’

तुलसी गिरी ‘भावुक’


देशका वास्तबिक हिरो, सबै नेपालीले गर्व गर्न लायक सच्चा सपुत, एक युगपुरुष कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनै लाग्दा कार्यकाल थप हुनुपर्छ भन्दै उनको समर्थनमा गीत निस्कने क्रम बढ्दो छ l हुन त यसअघि पनि कुलमानको बिषयमा यस्ता धेरै गीत आईसकेका छन् l तथापि कोरोना महामारीको असहज परिस्थितिमा पनि यतिबेला कुलमानको समर्थनमा सर्जक/कलाकार लगायत बिभिन्न पेशा, क्षेत्र र वर्गका मानिसहरुले सरकारलाई खबरदारी गरिरहेका छन् l यसै सिलसिलामा भरखरै कुलमानकै छ खाँचो शीर्षकमा अर्को एउटा म्युजिक भिडियो रिलिज भएको छ l

सुरेश शाहीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको यस गीतमा सुरेश शाही स्वयम् र पुष्पा बोहराको स्वर रहेको छ भने वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन र राम सिंह भाटको छायाङ्कनमा भिडियो तयार भएको हो l भिडियोमा सहायक सम्पादकको रुपमा लोकेश भाटले समेत प्राविधिक जिम्मेवारी निर्वाह गरेका छन् l वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा मोहन निरौला, कृष्ण कँडेल, कृष्णभक्त महर्जन, मिठाराम केसी, रविन्द्र बराल, सुरज चापागाईं ‘बान्द्रे’, सुरेश शाही, पुष्पा बोहरा, शोभा त्रिपाठी, मरिचमान श्रेष्ठ, अर्जुन कुँवर, सुरेन्द्र सिंह विष्ट, निरुता खत्री, भानमती चन्द, प्रवीण बराल, दुर्योधन बस्नेत र दीपक प्याकुरेलको अभिनय रहेको छ l

२४ घण्टामा १८ घण्टा लोडसेडिङ गराएर सिङ्गो मुलुकलाई नै कङ्गाल बनाउन उद्दत प्राधिकरणका तत्कालिन निर्देशक र सञ्चालक समितिका घुसखोरी पदाधिकारीहरुलाई अझैसम्म कुनै कारबाही भएको छैन भने प्राधिकरणमा आउनेबित्तिकै कुलमानले सिङ्गो मुलुकलाई लोडसेडिङ मुक्त गरेका थिए l जुन घटना आम नेपालीका लागि चमत्कार जस्तै भएको थियो l