बहिरा कलाकारहरुद्वारा अभिनित भिडियो ‘बैनी झ्यालैमा’

बहिरा कलाकारहरुद्वारा अभिनित गीत ‘बैनी झ्यालैमा…’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको सो भिडियोमा बहिरा कलाकारहरुले अभिनय गरेका छन् ।प्रकाशकै निर्देशन रहेको यस भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल र दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । भिडियोमा करणको छायाङ्कन तथा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ भने प्रोडक्सन म्यानेजर टेक बम हुन् ।

एभरेष्ट विश्व कीर्तिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बमद्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो । यसअघि विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’ मा उनले अभिनय गरेकी थिइन् । श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो ।

Video Link

https://www.youtube.com/watch?v=nzSCjjhNki4