श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको एघारौँ साधारण सभा राजधानीमा सम्पन्न भयो ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल सहकारी वोर्डका केन्द्रीय अध्यक्ष केबी उप्रेतीले महिलाहरुलाई उद्यमशीलतातर्फ अग्रसर गर्न सहकारीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गरेका थिए ।
संस्थाका सल्लाहकार वेदप्रसाद लावतीले सहकारीको सिद्धान्त अनुसार पारदर्शी रुपमा सञ्चालन गर्नुपर्ने बताए । सो अवसरमा विशेष अतिथिहरु महिला वातावरण समूहकी अध्यक्ष अञ्जुसिंह शाह र रोटरियन वसन्ती शाही, अतिथिहरुमा लायन्त क्लब अफ डाँफेका संस्थापक अध्यक्ष महेश आचार्य, महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई, लेखापरीक्षकद्वय हेमबहादुर कार्की र माधव अधिकारी, राष्ट्रिय धूप उद्योग केन्द्रीय अध्यक्ष चन्दा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले अध्यक्ष दुर्गादेवी मैनालीको प्रगति विवरण, कोषाध्यक्ष रेणु ढुंगेलको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक जेवेस चाम्लिङ राईले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभामा कम उमेरमा बालबचतकर्ता र जेष्ठ वचत कर्ता दिव्यरुपा बराललाई सम्मान गरिएको थियो । साथै, सोही अवसरमा नव शेयर सदस्यहरुलाई शेयर प्रमाणपत्रका प्रदान गरिनुका साथै स्वागत समेत गरिएको थियो ।
संस्थामा ५६ लाख ८२ हजार ८ सय ४८ रुपैयाँ शेयर पुँजी रहेको छ भने चालु बचत हिसाब १ करोड २२ लाख ४१ हजार ४०५ रुपैयाँ रहेको छ । यसैबीच श्री ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले हरितालिका तिजको पावन अवसरमा बुद्धिष्ट बालगृहमा रहेका बालबालिकाहरुसँग सामुदायिक दर खाने कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा कल्पना नेपाल, कृष्ण गैरे, कल्पना सिलवाल, उर्मिला पौडैल लगायतले तिज सम्बन्धी गीतहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालना देविका(मुना) न्यौपानेले गरेकी थिईन्।
–मदनकृष्ण सिलवाल