दोहोरीले रोयल्टी दिन थाले

गीत-सङ्गीतलाई नै प्रमुख माध्यम बनाएर रात्रीकालिन समयमा संचालन गरिंदै आएको दोहोरी रेष्टुरेन्टहरुले पनि रोयल्टी सङ्कलन संस्थाहरुलाई रोयल्टी दिन थालेका छन् l हाललाई दोहोरी रेष्टुरेन्टको लागि मासिक रु. २ हजार मात्र रोयल्टी निर्धारण गरिए बमोजिम दरबार दोहोरीले २ महिनाको ४ हजार रुपैया र निरमाया दोहोरीले अग्रिम २ महिनाको सहित रु. ८ हजार रुपैया रोयल्टी बुझाएका छन् l निरमाया दोहोरी वर्तमान लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष वद्रि पंगेनीको हो l उनले तिनवटै रोयल्टी सङ्कलन संस्थाका पदाधिकारीहरुलाई दोहोरीमै बोलाएर रोयल्टी हस्तान्तरण गरेका थिए l यसले बजारमा सकारात्मक सन्देश जाने र अन्य दोहोरीहरुबाट पनि छिटै रोयल्टी उठ्ने विश्वाश गर्न सकिन्छ l काठमाडौँ उपत्यकामा मात्र लगभग ८० दोहोरी रेष्टुरेन्ट संचालनमा रहेका छन् भने धेरैजसो दोहोरी संचालकहरु रोयल्टी तिर्न आनाकानी गर्दै आईरहेका छन् l