‘गुरु गोरखनाथ भजन’ को भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सङ्गीतकार / गायक शिशिर योगीले गुरु गोरखनाथको स्तुतिगान गुरु गोरखनाथ भजन को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् l सर्जक / कलाकार योगीकै शब्दरचना, सङ्गीत र स्वर रहेको सो गीतमा किरण कँडेलको सङ्गीत संयोजन रहेको छ l

SUBSCRIBE 👉

प्रज्ञा साउण्डमा रेकर्ड भएको यो गीतको रेकर्डिङ / मिक्सिङ शम्भु तण्डुकारले गरेका हुन् l केही समय अघि आफ्नै आधिकारिक युट्युब च्यानल Shishir Yogi खोलेर लगातार आफ्ना गीतका भिडिओहरु अपलोड गर्दै आएका सङ्गीतकार / गायक योगीले विविध भावका कर्णप्रिय गीत सार्वजनिक गर्दै आएका छन् l उनी विशेषगरी गीत / सङ्गीतमा गहनता र माधुर्यता खोज्ने असल श्रोताहरुको रोजाईका भर्सटायल गायक हुन् l गुरु गोरखनाथ भजन कोभिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा तयार भएको हो l