यथार्थपरक भावमा हृदयविदारक गीत ‘सारङ्गी’

-प्रकाश बराईली ‘अभिव्यक्ति’


लोकप्रिय गीतकार, सङ्गीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति सारङ्गी भर्खरै सारर्वजनिक भएको छ । उनले यसअघि पनि सङ्गीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै लोकप्रिय गीतहरु दिईसकेका छन् । विशेष गरेर आफूलाई गायक भन्दा पनि सङ्गीतकारको रुपमा चिनाउन चाहने बम मल्लले पछिल्लो समय बिभिन्न गीतहरुमा स्वर पनि भर्न थालेका छन् । यस बिषयमा सञ्चारकर्मीहरुले उनलाई जिज्ञाशा राख्दा समय र ‘श्रोता दर्शकहरुको माग’ उनी भन्छन्” ।

SUBSCRIBE 👉

माथि उल्लेखित गीतमा कोरोना सङ्क्रमणका कारण अहिले विश्व नै जोखिमको अवस्थामा रहँदा नेपाल पनि अछुतो रहेन र यसको कारण बिहान कमाएर बेलुका खानेहरुलाई निकै समस्या परेको एउटा सामाजिक यथार्थपरक कथा समावेश गरिएको छ । गीतभित्र सारङ्गी  बजाएर आफ्नो बालबच्चा र पेट पाल्ने एक गाइने दाइलाई प्रमुख पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

दीपक सापकोटाको शब्द तथा श्रीकृष्ण बम मल्लको सङ्गीतबाट सुसज्जित यस गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र श्रीकृष्ण बम मल्लकै सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्शी स्वादमा तयार भएको सारङ्गी बोलको यस गीतको भिडिओमा प्रकाश घिमिरे र पशुपति राईको घतलाग्दो अभिनय देख्न सकिन्छ ।

भिडिओ देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् भने छायाङ्कन अनिल के मानन्धर र सम्पादन दिन्सन शाहले गरेका छन् । गीतको भिडिओलाई इनाक्षी इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानल मार्फत सारर्वजनिक गरिएको छ ।

SUBSCRIBE 👉