पप शैलीको गीतमा बिनुसा

-तुलसी गिरी ‘भावुक’


डा. विभूति श्रेष्ठको शब्द/सङ्गीत र विनुसा राईको स्वरमा रहेको पप शैलीको गीत बिर्सौं तिमीलाई को भिडिओ सार्वजनिक भएको छ l अनामनगरस्थित वर्ल्डवाइड इन्टरटेनमेन्टको कार्यालयमा आज अपरान्ह ५:३० बजे आयोजित एक कार्यक्रमबीच गायिका राईको आधिकारिक युट्युब च्यानल Binusa Entertainment बाट भिडिओ सार्वजनिक गरिएको हो l भिडिओमा गायिका बिनुसाकै अभिनय रहेको छ l शब्द, सङ्गीत र स्वरको अत्यन्तै मीठो संयोजन रहेको यो गीतले बिनुसाको लोकप्रियता अझ उचाईमा पुग्नेछ भन्ने अनुमान गर्न सकिन्छ l

चन्दु गोर्खालीको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको यो गीतको भिडिओमा चन्दु गोर्खालीकै निर्देशन रहेको छ भने भिडिओको सिनेम्याटोग्राफी र सम्पादन मेघराज मगरातीले गरेका हुन् l समारोहमा गीतकार डा. विभूति, गायिका बिनुसा, सङ्गीत संयोजक तथा निर्देशक चन्दु, छायाकार तथा सम्पादक मेघराज लगायत गायक / सङ्गीतकार भिषण मुकारुङ, गीतकार दुर्लभ जन्तरे, गायक/सङ्गीतकार विशेष खालिङ, गायक/सङ्गीतकार देव गुरुङ, सञ्चारकर्मी शिरोमणि दवाडी र तुलसी गिरी ‘भावुक’को उपस्थिति रहेको थियो l

SUBSCRIBE 👉

भिडिओ सार्वजनिक कार्यक्रम पश्चात उपस्थित अतिथीहरुले गीत तथा भिडिओको बारेमा आ-आफ्नो धारणा राखेका थिए भने निर्देशक गोर्खाली र सिनेम्याटोग्राफर मगरातीले भिडिओ निर्माण गर्दाका कठिनाई र कथावस्तु एवं प्रस्तुतिको बारेमा प्रकाश पारेका थिए l