आफन्तबाटै अपहेलित पात्रको पीडादायी कथा ‘जब आफ्नाले’


साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा चिरञ्जीवी भण्डारीको स्वरमा रहेको पीडादायी एवं अत्यन्तै हृदयस्पर्शी भावको गीत जब आफ्नाले को भिडिओ सार्वजनिक भएको छ । मान्छेको जिन्दगीमा यदाकदा भइरहने घटनाको कथा बस्तुलाई समेटेर रचना गरिएको यस गीतमा गीतले मागे अनुसार सुहाउँदो कथावस्तु समावेश गरेर भिडिओ तयार गरिएको छ ।

SUBSCRIBE 👉

सार्वजनिक भएको यस भिडिओमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ । सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायाङ्कन गरिएको यस भिडियोको सम्पादन मोहन सुनुवारले गरेका हुन् l गीतमा आशिष लामाको सङ्गीत संयोजन र चिरञ्जीवी भण्डारीको सङ्गीत रहेको छ l