वियोगान्त भावमा ‘जसको नामको सिन्दुर’

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीतमा रहेको गीत जसको नामको सिन्दुर को भिडिओ सार्वजनिक भएको छ l सीता शेरचनको शव्दरचना र कमल सौरगको सङ्गीत संयोजन रहेको यस गीतमा लोकप्रिय गायिका मिलन नेवारले स्वर दिएकी छिन् l भिडिओ दुईदिन अघि मात्र Everest Gallery युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l गीत वियोगान्त भावमा रहेको छ l

SUBSCRIBE 👉

दिनेश ठकुल्लाको निर्देशनमा निर्मित यस भिडिओमा सन्तोष पोख्रेल { आदित्य } ले क्रिएटिभ निर्देशकको रुपमा आफ्नो भूमिका निर्वाह गरेका छन् भने कलाकारका रुपमा सनम कठायत, सुशीला थापा, अमृता तामाङ र सुवास लेप्चालाई देख्न सकिन्छ l भिडिओमा नरेश ऐरको सिनेम्याटोग्राफी र राजेश कुमारको दृष्य तथा कलर सम्पादन रहेको छ l भिडिओमा प्रेमलाई भन्दा धनलाई महत्व दिने लालची पुरुषको स्वार्थी चरित्र उदाङ्गो पार्ने प्रयास गरिएको छ l

SUBSCRIBE 👉