परदेशको पीडा पोख्दै गायक सन्जिब कुमार

तुलसी गिरी ‘भावुक’


सन्जिब कुमार पौडेलले आफ्नै सङ्गीत तथा स्वरमा परदेशीको पीडा समेटिएको यथार्थपरक भावको गीत कैयौं सपना को भिडियो सार्वजनिक गरेका छन् l गीत खगेन्द्र दाहालले रचना गरेका हुन् भने यसको भिडियो गायक / सङ्गीतकार सन्जिब कुमारको आफ्नै युट्युब च्यानल Sanjib Kumar Paudel मा अपलोड गरिएको छ l

SUBSCRIBE 👉

कैयौं सपना बोकेर बाध्यतावश रोजगारीको लागि परदेशिएका तमाम युवाहरुको कथाव्यथा समेटिएको यस गीतको भिडियो अधिनायकमान शेरचनको छायाङ्कन तथा सम्पादनमा तयार भएको हो l पीडादायी भाव बोकेको यस गीतमा तन परदेशमा भएपनि मन परिवारको सम्झना र देशकै यादमा कल्पिएको कुरा मर्मस्पर्शी ढङ्गमा व्यक्त भएका छन् l

SUBSCRIBE 👉