वौद्धिक सम्पति सम्बन्धी अन्तर्राष्ट्रिय एडभान्स तालिममा सीईओ ज्योत्स्ना

तुलसी गिरी ‘भावुक’

सङ्गीत तथा चलचित्र उत्पादक समाजकी सीईओ ज्योत्स्ना भट्टराई मलेशियामा हालै सम्पन्न वौद्धिक सम्पति सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको एडभान्स ट्रेनिङमा सहभागी भई स्वदेश फर्कनुभएको छ l सो तालिम National Technological Capacity Building को आयोजनामा गत अप्रिल २८ देखि मे १७ सम्म स्विडेनमा आयोजित ट्रेनिङकै फलोअप कार्यक्रम भएको कुरा सीईओ भट्टराईले जानकारी गराउनुभयो l खुला प्रतिस्पर्धामा विकाशोन्मुख देशका ६ सय ९९ प्रतिस्पर्धीहरुमध्येमा सो ट्रेनिङका लागि नेपालबाट उहाँ छनोट हुनुभएको थियो l मलेशियामा सम्पन्न फलोअप कार्यक्रम १ हप्ताको रहेको कुरा उहाँले जानकारी गराउनुभएको छ l

सीईओ भट्टराईका अनुसार कार्यक्रममा वौद्दिक सम्पति अन्तर्गतका औद्योगिक सम्पति र ट्रेडमार्क डिजाइन सम्बन्धी विशेष छलफल भएको थियो भने विज्ञान र प्रविधिको माध्यमबाट नवीन आविष्कार गरी विकाशोन्मुख देशहरुको आर्थिक क्षमता बढाउन वौद्धिक सम्पतिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रमको उद्देश्य केन्द्रित रहेको थियो l ‘मैले कन्ट्री प्रोजेक्टका रुपमा Case Study of Music Royalty Collection From Public Transportation Sector  in Nepal’ प्रस्तुत गरेकी थिएँ’ भट्टराईले भन्नुभयो l कार्यक्रममा बङ्गलादेश, भूटान, कम्बोडिया, ईथियोपिया, लाओस, मलावी, मोजाम्बिक, म्यानमार, रुवाण्डा, सुडान, तान्जानीया र जाम्बीयाका २७  जनाको सहभागिता रहेको थाहा भएको छ l

भट्टराई २०७३ सालदेखि सङ्गीत तथा चलचित्र उत्पादक समाजमा सीईओको रुपमा कार्यरत हुनुहुन्छ l यस संस्थामा आवद्ध हुनुअघि उहाँ ‘रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ मा कार्यरत हुनुहुन्थ्यो भने उहाँले ‘काठमाण्डौ स्कूल अफ ल’ बाट कानूनमा एलएलबी र एलएलएम सम्मको अध्ययन पूरा गर्नुभएको छ l ‘कानुनको विद्यार्थी भएकोले मलाई पहिलादेखि नै प्रतिलिपि अधिकार सम्बन्धी विषयमा विशेष चासो लाग्ने गर्दथ्यो’ उहाँले भन्नुभयो l