बबिना भट्टराईको सङ्गीत/स्वरमा ‘कहीँ कतै हराएँ भने’

गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्दरचना एवं बबिना भट्टराईको सङ्गीत/स्वर रहेको गीत ‘कहीँ कतै हराएँ भने’ को भिडिओ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम सङ्घकै सभाहल बिजुलीबजारमा आयोजना गरिएको थियो l

समारोहमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीतको समीक्षा गरेका थिए भने सङ्घका पूर्व अध्यक्षद्वय चूडामणि देवकोटा र शुभ मुकारुङ, गीतकार प्रमोद भट्टराई, सङ्गीतकार एवं गायिका बबिना भट्टराई, भिडिओका निर्देशक जीवन साही र सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले गीत तथा भिडिओको बारेमा आ-आफ्नो धारणा राखेका थिए l कार्यक्रम सञ्चारकर्मी हरिराम पौडेलले सञ्चालन गरेका थिए l